मनोरञ्जन

मुन्द्रेले हास्यव्यङ्गबाट विश्राम लिएको छैन

फाल्गुन २७ आइतबार
काठमाडौ । हास्यव्यङ्ग क्षेत्रबाट आम दर्शकलाई मनाेरञ्जन दिदै आएको मुन्द्रेकाे कमेडी क्लब पुन संचालन हुने भएको छ। केही हप्ता अघि विविध कारण देखाएर मुन्द्रेकाे कमेडी क्लब बन्द भएको थियो । उक्त हास्यव्यङ्ग कार्यक्रम आगामी दिनमा फरक ढङ्गले पून संचालनमा ल्याउने तयारी भइरहेको संचालक जीत बहादुर नेपालले टुकी नेटवर्कलाई जानकारी दिनु भएको छ।

उहाँले आर्थिक समस्या बढदै गरेको कारण कमेडी कार्यक्रम बन्द भएको स्विकार गर्नु भएको छ। कलाकार नेपालका अनुसार “एउटा क्यामेराकाे दिनमा ५ हजार भाडा तिरेर कार्यक्रम बनाउन नसकिने अबस्था सिर्जना हुदै गएको छ । कार्यक्रम सुटिङ पनि महँगो हुन थालेकाे र कलाकार ,प्राविधिक , रेकर्डिङ स्टुडियाे सबैकाे व्यवस्थापन मिलाउन गाराे छ । पैसा नभई कहि केही हुदैन । विज्ञापन एजेन्सिबाट पाउने रकम आफैले नपाएको र काम गर्नेलाई पनि दिन नसकेकोमा पछुताे मान्नु भएको छ। “

आजकाे समाज सामाजिक संजालमा रमाउने डिजिटल समय भएकाले टेलिभिजनमा आउने साे हरु हेर्न छाेडिएकाेले गर्दा कलाकारहरु मर्कामा परेको उहाँको तर्क थियो । सामाजिक संजालकाे पारिवारिक झगडा र उश्रृङ्खल भिडियोले मानिसको मन तानेकाे छ । हाम्रो  समाज त्यतै दौडिरहेकोमा चिन्ता लागेकाे बताउदै  अबकाे समाज कता जाँदै छ भनी प्रश्न गर्नु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *