समाचार

सिकाइ तथा अनुभव आदन प्रदान सम्पन्न

माघ २७ शनिबार , भूमिकला पौडेल

काठमाडौ । अपाङ्गता भएका महिला तथा बालिकाहरूको अधिकार सुनिश्चित गर्न तथा उनीहरूलाई सशक्त पार्नका लागि गरिएका विभिन्न कार्यक्रमहरू बारे जानकारी दिनका लागि राजधानीमा “सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम” सम्पन्न भएको छ । नेपाल अपाङ्ग महिला संघले सिबिएम ग्लोबल डिसेबिलीटी इन्क्लुजनको सहकार्यमा काठमाडौंमा सञ्चालित परियोजनाबाट सिकेका सिकाइ, अनुभव, चुनौती तथा प्राप्त उपलव्धीहरू बारे जानकारी दिने उद्धेश्यले सञ्चारकर्मीहरू माझ सो सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी महासचिव देवकला पराजुलीले परियोजना मार्फत संघले गरेका कामहरूका बारेमा एक प्रश्तुतीकरण दिनुभयो । कार्यक्रममा बोल्नुहँदै नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टीका दाहाल, उपाध्यक्ष मिना पौडेल तथा संघकी मनिटरिङ तथा डकुमेन्टेसन अधिकृत दुर्गा कार्कीले अपाङ्गता भएका महिला तथा बालिकाहरूका बारेमा सकारात्मक संदेश जाने खालका उनीहरूको संघर्ष, उत्प्रेरणा तथा सफलताका कथा र उनीहरूका बारेमा उठाईनु पर्ने सवालहरू भन्दा पनि विशेष गरि हिंसामा परेका घट्ना तथा कठैबरा जस्तो देखाएर सञ्चार माध्यममा प्रश्तुत गर्ने प्रवृति रहेकोमा गुनासो गर्नु हुँदै अबका दिनमा यस विषयमा सञ्चारकर्मी तथा सञ्चार माध्यमहरूले ध्यान दिई अपाङ्गता भएका महिला तथा बालिकाहरूको अधिकार सुनिश्चित गर्न तथा उनीहरूलाई सशक्त पार्नका लागि भूमिका खेलिदिन एकैस्वरमा आग्रह गर्नुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ५ का वडा सदस्य आरती सुनुवारले अतिथीको रूपमा बोल्नुहँदै आफ्नो वडा लगायत काठमाडौं महानगरपालिकाबाट अपाङ्गता भएका महिला तथा बालिकाहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनका लागि आफ्नो तर्फबाट विशेष भूमिका खेल्ने बताउनुभयो ।

नेपाल अपाङ्ग महिला संघ २०५४ सालमा स्थापना भई निरन्तर रूपमा अपाङ्गता भएका महिला तथा बालिकाहरूको हकहित तथा अधिकारका लागि कार्यरत रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *