समाचार

नेकपा एसका अध्यक्ष नेपाल र चिनियाँ अन्तर्राष्ट्रिय विभाग उपमन्त्री बीच भेटघाट

माघ १४ आइतबार ,२०८०
काठमाडौ  । चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयानले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगाएतका नेतालाई भेट्नु भएको छ।
शनिबार पार्टी कार्यालय आलोकनगर काठमाडौँमा भेटवार्ता भएको हो। भेटमा दुई देशबीचको आपसी सम्बन्ध, नेकपा (एकीकृत समाजवादी) र  चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई बलियो बनाउनका लागि आपसी अन्तरक्रिया, भ्रमण गर्ने लगायतका विषयमा छलफल भएको पार्टीका विदेस विभाग सचिव डा शंकर खतिवडाले बताउनु भयाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *