समाचार
एमालेमा ओलि संसदीय दलको नेता निर्विरोध निर्वाचित

पुस ,५
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि निर्विरोध संसदीय दलको नेता चयन हुनु भएको छ।
एमाले नेताद्वय विष्णु पौडेल र अर्को वरिष्ठ नेता सुवासचन्द्र नेम्वाङकाे प्रस्ताव र समर्थनमा ओलि निर्विरोध दलको नेता चयन हुनु भएको हो ।
नेकपा एमालेमा ओलिलाई अबरोध सिर्जना गर्ने पार्टी भित्र काेहि पनि छैनन् । नेता भिम रावलले निर्वाचनमा टिकट पाएर विजयी भएकोे भए ओलिसंग रावलले प्रतिस्पर्धा गर्ने थिए ।
दलको नेतामा चयन भए पछि ओलिले आफ्ना सांसदलाई संसदमा जिम्मेवार पूर्ण भुमिका खेल्न निर्देशन दिनु भएको छ।

