बिचार/ब्लग

अबको समयमा राजनिती प्रति युवाहरुको आकर्षक बढन जरुरी छ।

मंसिर ,२०                                                           श्रृजन नेपाल                                                                                                                                 नेपालकाे सन्दर्भमा राजनिती भनेपछि युवाहरुमा वितृष्णा उत्पान्न हुने गरेको छ। आधुनिक समय र परिवर्तन संगसंगै नेपालकाे राजनीति विश्व परिेवेशसंग परिस्कृत हुन नसक्नु यसकाे बेफाइदा हो ।                                                                                  राजनिती भनेको के हो ? यसलाई ब्याख्या गर्न निकै सहज छ तर हामीले किन यस कुरालाइ जटिल रुपमा लिरहेका छौ ? के भाषण गर्नु राजनिती हो ?  दादागिरी गर्नु  ? के माइक पकडेर आगडि उभिनु राजनिती हो ? प्रश्न खडा भएको छ। आखिर के हो त राजनिती ? यस गहिराइमा पुग्नु जरुरी छ।  यसको सिद्धान्त बुझ्न सहज पनि हुन्छ होला ,तर विश्लेषण गर्न गार्हाे छ।                                                                             एउटा व्यक्ति भएर हैन, एउटा देशको सकृय युवा र नागरिक भएर राजनितीको वर्णन गर्नु पर्दा, राजनिती भनेको कुनै पनि देशको दिगो भविष्य र हरेक व्यक्तिको इच्छा हो ! देशलाई राजनितीक दलहरुद्वारा एउटा सक्षम दिशातर्फ लैजाने प्रयास र कार्यविधिनै एउटा स्वछ राजनितीको पहिचान हो ! तर के हाम्रो देश नेपालमा यो सुत्र लागु भएको छ त ! एउटा युवाले उसको हजुरबुबाहरुले गर्नुभएको राजनितीतर्फको दृस्टी कस्तो छ त ? उसले के बुझेको छ !

 कसैलाई  भबिस्यमा के बन्ने भनेर सोधपुछ गर्यो भने उ बाट चिकित्सक अथवा इन्जिनियर मात्रै आउँछ, दशैमा आशिर्वादपनि यहि पेशाहरुको मात्रै आउँछ ! सबै पेसालाई मेरो सम्मान छ तर म भबिष्ययमा राजनिती गर्छु र नेता हुन्छु भनेकाे किन सुनिदैन ? किन घरमा एउटा छोरा अथवा छोरीले राजनितीको कुरा गर्दा उसको कुरा मानिदैन  ? हो , हाम्रो देशको राजनितीको ब्याख्या गर्नु पर्दा, हाम्रो देशको राजनिती यस्तै छ ! घरमा आफ्नो सन्तानले म राजनितीमा लग्छु भन्दा, भएको १० दूर जग्गा पनि बेच्नुपर्ला भनेर भन्नू हुन्छ , कहिले सम्म यस्तो राजनितीक प्रभाव! हाम्रो कानुन ठिक छ तर हाम्रो विधि र राजनीति ठिक छैन ! समय अएको छ, अबको २ बर्षको भबिस्य न हेरौ बा ,! अबको २०० बर्षपछिको भबिस्य हेरौ !                                                                                         भर्खरै समाप्त भएको चुनाबले नै परिवर्तनको सोचको विकास हुन खोजेको देखिन्छ ! त्यसैले ती ८०-९० बर्ष अगिको सिद्धान्तको रक्षा गरौ , राजनीतिलाई धन्दा हैन, परिवर्तनको रुपमा लिने गरौ ! यो फोहोर हो, उपयोग गरेन भने ती सडछ गल्छ र गनाउन्छ , तर राम्रोसग उपयोग गरि त्यसलाइ सहि मार्गमा डाेहाेर्याउनु आजको आवाश्यकता हो ।

   लेखक कक्षा ११ मा अध्यानरत  विद्यार्थी हुन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *