विश्व

नोबल साहित्यिक पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोक्सले पाउने

काठमाडौं,

              यस वर्षको नोवल साहित्यिक पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोक्सले पाउने भएकी छन्। उनलाई ‘द स्विडिस एकेडेमीले ‘  उक्त पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ।

             उनले यो पुस्तकमा विषयवस्तुको गहिराइमा पुगेर विछोड र संयमको स्मृतिहरुलाई राम्ररी प्रस्तुत गरेकी छन्। लेखिकाले जीवनको परिवेश र गरिबी पछिको महत्वकांक्षालाई प्रस्तुतीकरण गरिएको नोबल पुरस्कार कमिटीका अध्यक्ष प्रोफेसर कार्ल हेनरिक बताउँछन्।

              उनि फ्रान्सेली समाजमा हुने असमानता विषयकी अनुसन्धानकर्ता हुन्। उनका पुस्तक ‘ अ वुमन स्टोरी र अ म्यान्स प्लेस ‘समकालीन फ्रान्सिसी साहित्यमा उत्कृष्ट साहित्यिक पुस्तक मानिन्थ्यो। त्यस लगाएत उनका अन्य थुप्रै विश्वसाहित्यमा उत्कृष्ट पुस्तकहरु रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *