uncategorized

म्यानमारबाट २६ नेपालीको उद्धार, यति पार्टी प्यालेसमा होल्ड गराउने (फोटोफिचर)

काठमाडौं, २३ जेठ । म्यानमारबाट उद्दार गरेर आज ल्याईएका २६ जना नेपालीलाई बसुन्धारास्थित् यति पार्टी प्यालेसमा राखिने भएको छ । विमानस्थलबाट उनीहरुलाई नेपाली सेनाले वसुन्धारातर्फ लगेको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाएका छन् ।

विदेशबाट उद्धार गरिएकाहरुलाई राख्नको लागि काठमाडौं र भक्तपुरमा होल्डिङ सेन्टर तयार पारिएको छ । त्यहाँ बस्दा उनीहरूले आफैंले खर्च व्यहोर्नुपर्नेछ। विमानस्थल कार्यालयका अनुसार पौने ११ बजे म्यानमार एयरफोर्सको जहाज नेपाली ल्याएर आएको हो। म्यानमार सरकारले आफ्नै खर्चमा यी नेपाली ल्याइदिएको हो। आजै युएईबाट नेपालीहरू नेपाल आउँदैछन्। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *