समाचार
जन्तीलाई स्वागत गर्न राष्ट्रपति जनकपुरधाममा
इटहरी / विवाहपन्चमी महोत्सवका राष्ट्रपति विद्या देवी भण्डारी जनकपुरधाम पुगेकी छन् । भारतको अयोध्याबाट जनकपुरधाम आएका जन्तीलाई स्वागत गर्नका लागि राष्ट्रपति भण्डारी जनकपुरधाम पुगेकी हुन्। जन्तीलाइ स्वागत गर्नका लागि ११ बजेर २० मिनेटमा आएकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पूजा अराधना गरेकी छन्। दिवा भोजकै क्रममा उनले मुख्यमन्त्री लालबाबु राउतसँग भेटघाट गर्ने छिन्। भोजन पश्चात् रङ्भूमी मैदानमा हुने कार्यक्रमकाबीच अयोध्याबाट आएका जन्ती लाई स्वागत गर्नका लागि पुग्ने छिन्।



