समाचार

रवि लामिछानेसहित ३ जनाकै बयान सकियो

चितवन । पत्रकार सालिकराम प्रकरणका आरोपित चर्चित सञ्चारकर्मि रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कि ३ जनाकै बयान सकिएको छ ।

प्रेमकिा भनिएकी अस्मिता कार्किको बयान आईतवार नै सकिएको भए पनि संचारकर्मीद्धय लामिछाने र कंडेलको वयान केहिवेरअघि मात्रै सकिएको जिल्ला अदालतका श्रेष्तेदार रुद्रमनी गिरीले ओएस नेपाललाई जानकारी दिए ।

गिरीका अनुसार अबको केहि बेरमा थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसपछि रिहा गर्ने वा पुर्पक्षका लागी कारागार चलानका लागी अदालतले आदेश दिने छ । बहस लम्बिए अदालतको आदेश आज नआउने सम्भावना पनि रहेको जनाईएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *