समाचार

गुल्मी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ११ पुग्यो

गुल्मीमा पहिरोमा पुरिएर मृत्य हुनेको संख्या ११ पुगेको छ भने अन्य दुई जना घाइते ४ जना बेपत्ता छन् । जिल्लाको सत्यबति गाउँपालिका २ वटा वडामा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पुष्टि गरेका हुन् ।

सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ पम्फा १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक, सन्दीप बिक रहेका छन् । त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु, ९ वर्षिय दर्शन त्रामु मृत्यु भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *