समाचार

ज्ञानेन्द्र शाही सर्वोच्च अदालतबाट रिहा; छुट्ने बित्तिकै के बोले ?

काठमाडौँ, जेठ २४ : भ्रष्टचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई सर्वोच्च अदालतले रिहा गरेको छ। जेठ १५ गते भ्रष्टचार विरुद्ध ‘नेपालका लागि नेपाली’ अभियानले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा सहभागी रहेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा लिएको थियो। हिरासतमा लिएपछि प्रहरीले चरम यातना दिएको भन्दै व्यापक रुपमा जनस्तर, बुद्धिजीविबर्ग तथा पत्रकारहरुले उनको रिहाइको माग गरेका थिए।

रिहाइ पश्चात शाहीलाई टिका र माला लगाएर समर्थकहरुले माइतिघर मण्डला परिक्रमा गराएर खुशी मानेका थिए । रिहाई पश्चात मण्डलामा पत्रकारहरुसँग कुरा गर्दै शाहीले यो देशमा कानुन नमरेको बताएका छन। शाही नेपालका लागि नेपाली अभियानमा रही भ्रष्टाचार बिरोधि अभियानमा निरन्तर लागिरहेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *