समाचार

गरूड चरा सिकार गर्ने ब्यक्ति पक्राउ

मोरङ / मोरङ सुनबर्षीमा गरूड चरा सिकार गर्ने ब्यक्ति पक्राउ परेका छन् । मोरङ सुनबर्षी नगरपालिका वडा नं.९ स्थित भेडुवाथानबाट गरुड (हाडखोर) मारेर ल्याउदै गरेको अबस्थामा इबराहिन खान पक्राउ परेका हुन् । सुनसरी हरिनगरा गाउपालिका ७ घुस्की घर रहेका खान २ थान मृत गरुड (हाडखोर) सहित पक्राउ गरिएकाे र उनलाइ वन संरक्षण ऐन २०२९ बमोजिम थप अनुसन्धान तथा कारवाही हुने ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *