uncategorized
ओली, प्रचण्ड र नेपालबीच वार्ता, अब के हुन्छ ?
काठमाडौं, १९ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पार्टी एकताको विषयमा निर्णायक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालको पनि सहभागिता थियो ।
स्रोतकाअनुसार प्रचण्डसँग छलफल गर्नुपुर्व ओलीले नेता नेपालसँग छलफल गरेका थिए । त्यसपछि प्रचण्डसहितको छलफलमा ओली जुटेका थिए । करिब तीन घण्टा भएको छलफलमा पार्टी एकतालाई तत्काल टुँगो लगाउने समझदारी भएको छ ।

