uncategorized

पर्खाल भत्किएर के भो, साहस र हिम्मत नभत्किए रंगशाला बन्छ ! – रवि लामिछाने

काठमाडौ – लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले सीताराम कट्टेल धुर्मुसको समर्थन गर्दै आफ्नो फेसबुकमा एक स्ट्यास लेखेका छन् । भर्खरै मात्र सिधाकुरा जनता सँग कार्यक्रम लिएर अष्ट्रेलिया पुगेका रवि लामिछानेले निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशालामा डोजर चलाउनेलाई कडा कारबाही गर्न स्टाटस मार्फत माग गर्दै धुर्मुसलाई अगाडि बढ्न हौसला दिएका छन् ।

धुर्मुस सुन्तलीको यो अभियानलाई सञ्चारकर्मी लामिछानेले सुरुवाती दिन देखिनै साथ दिँदै आएको छ । आजको घटनाले धुर्मुस सुन्तलीलाई झन धेरै साथ र समर्थन मिल्ने रवि लामिछाने लेख्छन् । राज्यले गर्नुपर्ने रंगशाला निर्माण एक कलाकार जोडिले गर्दा पनि नस हनेहरुले निर्माण स्थलमा डोजर चलाएछन। यस्ता गुन्डागर्दी गर्नेहरु माथि कडा कार्वाही होस्।

त्यो भन्दापनि ठुलो कुरा धुर्मुस सुन्तलीको हौसला एक रति नडगमगाओस। पर्खाल भत्किएर के भो र शाहस र हिम्मत नभत्किए रंगशाला बन्छ बन्छ। झन धेरै समर्थन र अझै धेरै साथ धुर्मुस सुन्तलीलाई। रंगशाला निर्माणस्थलमा सुरक्षाका लागि लगाइएको जस्तापाता सहितको बार केही व्यक्तिहरुले बुधबार बिहान भत्काएका छन्। डोजर नै प्रयोग गरेर झण्डै १ किमि बारक्षेत्र भत्काइएको छ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *