समाचार
जब समातिएको ७ करोड भारु गन्दा गन्दै थाके प्रहरी
काठमाडौं ।शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले युनुस अन्सारीसहितको समूहबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली नोट बरामद गरेको छ । विमानस्थलबाट २ वटा बाकसमा उक्त रकम बरामद गरी प्रहरीले साढे तीन घन्टाभन्दा बढी समय लगाएर नोट गनेको थियो । नोट गन्दा प्रहरी बीचमै थाकेको पनि बताइएको छ ।पटकपटक नक्कली नोट कारोबारको मुद्दा खेपेर जेलसमेत भोगेका युनिस अन्सारी शुक्रबार भने सालोलाई लिएर नक्कली नोट लिन विमानस्थल पुगेका थिए।ललि तपुर महानगरपालिका १३ ताल्छीखेल बस्ने युनिस शुक्रबार बिहान ९ बजेतिर रौटहट जिल्ला रमौली बैरिया नगरपालिका १ बस्ने सालो सुयल खानलाई लिएर विमानस्थल पुगेका थिए।
उनीहरुको गाडी चालक सूर्यविनायक नगरपालिका ५ बालकोट बस्ने सुदन रानाभाट थिए। प्रहरीले युनिससहित पैसा रिसिभ गर्न विमानस्थल पुगेका तीन जनासँगै कतारबाट पैसा लिएर विमानस्थल आइपुगेका तीन पाकिस्तानीलाई पक्राउ गरेको हो।शुक्रबार बिहान ९ः४० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन तर्फको भन्सार क्षेत्रमा कतारको दोहाबाट काठमाडौं आएका तीन पाकिस्तानीले लगेजमा लुकाएर ल्याएको ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ रिसिभ गर्न अन्सारी सालोसहित विमानस्थल पुगेका थिए। भारतमै प्रतिबन्धित दुई हजारको भारु नोट कसरी नेपाल भित्रियो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।दोहाबाट नक्कली नोटसहित विमानस्थल झरेका पाकिस्तानी नागरिक ४९ वर्षीय मोहमद अख्तर, ३९ वर्षीय नादिया अनवर र ६७ वर्षीय नसिर उद्दिन पक्राउ परेका छन्। पाकिस्तानी नागरिकलाई विमानस्थल प्रहरी र भन्सार प्रहरीले पक्राउ गरेको हो। पैसा रिसिभ गर्न गएका तीन नेपालीलाई भने प्रहरीको विशेष ब्युरोले नियन्त्रणमा लिएको हो। प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार नक्कली नोट बरामदको विषयमा थप अनुसन्धान भइरहेको छ।अन्सारी पटकपटक जाली नोट प्रकरणमा पक्राउ पर्दै रिहा हुँदै आए का व्यक्ति हुन्।
तीन पाकिस्तानीले विमानस्थलसम्म ल्याएको नोट लिन शुक्रबार उनै अन्सारी विमानस्थल पुगेका थिए। विगत नेसनल टेलिभिजन सञ्चालनमासमेत संलग्न रहेका अन्सारी शुक्रबार प्रतिबन्धित भारु दुई हजारका नोट नेपाल भित्र्याउने क्रममा पक्राउ परेका हुन्। रकम लिएर आउने पाकिस्तानी नागरिक तीन र रकम लिन विमानस्थल पुगेका अनसारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। नक्कली नोट र लागुऔषध ओसारपसार गरेको अभियोगपछि चार वर्ष कैद सजाय काटिसकेका अन्सारी पटकपटक पक्राउ पर्दै छुटेका थिए।




