समाचार

हलिउड स्टार आर्नोल्डमाथि आक्रमण

दक्षिण अफ्रिकामा हलिउड स्टार आर्नोल्ड स्वार्चनिगरमाथि आक्रमण भएको छ।दक्षिण अफ्रिकामा आर्नोल्डकै निम्ति समर्पित गरेर आयोजना गरिएको एक खेल कार्यक्रममा उनीमाथि आक्रमण भएको हो । ७१ वर्षीय आर्नोल्ड ‘आर्नोल्ड क्लासिक अफ्रिका स्पोर्टिङ इभेन्ट’मा अतिथिका रुपमा पुगेका थिए। आर्नोल्डमाथि एक व्यक्तिले लात्ती प्रहार गरेका हुन्।

आर्नोल्डलाई बडिबिल्डरहरु प्रेरणाका स्रोत मान्छन्। उनी एक महान बडिबिल्डर हुन्। उनले सन् १९७० देखि १९७५ सम्म लगातार ६ पटक मिस्टर ओलम्पिया बडिबिल्डर प्रतियोगिता जितेका थिए । त्यसैले विश्वभर उनको नामबाट प्रत्येक वर्ष बडिबिल्डिङ प्रतियोगिता हुने गर्दछ। अफ्रिकामासमेत यस कार्यक्रम आयोजना भयो। आर्नोल्डमाथि लात्ती प्रहार भएको भिडियो सार्वजनिक भएको छ। विश्वभरबाट यस आक्रमणको निन्दा भएको छ। उनले यस घटनापछि उक्त कार्यत्रममा उपस्थित व्यक्तिहरुलाई खेलमा ध्यान दिन र गलत कार्य नगर्न सुझाव दिएका थिए।

आर्नोल्ड एक बडिबिल्डर मात्र होइनन्। उनी सफल अभिनेता र राजनीतिज्ञ समेत हुन्। आर्नोल्डले सन् २००३ देखि २०११ सम्म लगातार रिपब्लिकन पार्टीतको तर्फबाट क्यालिफोर्नियाको गर्भनरको रुपमा काम गरेका छन्। आर्नोल्ड हलिउड स्टार हुन्। उनले टर्मिनेटर, प्रेडेटर, कमान्डो, द एक्सपेन्डेबलजस्ता विश्वचर्चित चलचित्रमा काम गरेका छन्। एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *