बिचार/ब्लग
आमाले अन्तरवार्ता दिँदा टंक बुढाथोकी रोए, टंक रुँदा अशोकले पुछिदिए आँशु अनि बाल्यकालको रहस्य खोल्दै रोइन्
काठमाडौँ । चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीकी आमा पहिलो पटक मिडियामा आएकी छिन् । रुपै मोहनी, मन बिनाको धन ठूलोकी, लगायतका चर्चित गीतका सर्जक हुन् टंक । उनै टंककी आमा पहिलो पटक मिडियामा आउँदा टंकका बारेमा अहिलेसम्म थाहा नभएका रहस्यहरु खोलेकी छिन् ।
टंक र अशोक दर्जीको जन्मदिनको अवसरमा मिडियामा आएकी टंककी आमाले टंकले बाल्यकालमा बिताएका रमाइला पलहरु, बिद्यार्थी जीवन र भोगाईहरुका बारेमा पनि उनी केही खुलेकी छिन् । स्वास्थ्य उपचारका क्रममा काठमाडौँ आएकी टंककी आमाले सुमधुर स्वरका धनी अशोक दर्जीकी पनि आमा बन्न पाउँदै खुशी लागेको बताइन् ।
पेशाले स्वास्थ्यकर्मी टंककी आमाले टंकलाई डाक्टर बनाउन चाहान्थिन् तर समय क्रमले टंक संगीतकर्मी बन्न पुगे । यसबिचमा उनलाई टंक संर्घषमा नै रहेका क्रममा उनलाई छोरो संगीतमा लागेर बिग्रीयो भनेको सु्न्दा घोप्टो परेर रोउँ झै लाग्थ्यो रे तर अहिले टंकले गरेको प्रगती देख्दा उनका खुशीका आँसु गहभरी टिलपिल टिलपिल गरिरहन्छन् ।
