समाचार

भारतमा २० वर्षयताकै शक्तिशाली आँधी, नेपालका यी जिल्लाहरु प्रभावित हुने

काठमाडौं । आज काठमाडौं उपत्यका लगायत देशै भरीको मौसममा अचानक परिवर्तन आएको छ । बंगालको खाडीमा बनेको चक्रवाती आँधी फानीको केही असर नेपालमा पर्दा ठुलो क्षति भएको हो । यस्तै, यसको मुख्य असर भारतको ओडिशाको पुरी तटसँग ठोक्किइसकेको छ । पुरीमा हावाको गती १७५ किलोमिटर भन्दा धेरै प्रतिघण्टा बताइएको छ । विशेष राहत आयुक्त विश्नुपद सेठीले यसको जानकारी दिएका दिनु भएको छ । लगभग ११ लाखलाई यी तटीय इलाकाबाट निकालिएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पुरीमा रुख ढल्दा एकको मृत्यु भएको छ । यस्तै, आन्ध्रप्रदेशको श्रीकाकुलम जिल्लामा २० घर भन्दा धेरै ढलेको खबर छ ।श्रीकाकुलममा २० घर ढलेका छन् भने कोलकत्तामा केही आंशिक रुपमा क्षती भएका छ । यद्यपी, कोही पनि घाइते भएको जानकारी छैन । मुख्यमन्त्री पटनायकले मानिसहरुलाई घरभित्रै बस्न अपिल गरेका छन् । बंगालका सबै सरकारी स्कूलले आजदेखि गर्मी बिदाको घोषणा गरेको छ ।
फानीलाई ध्यानमा राखेर गर्मीको छुट्टी दिइएको हो । फानी आँधीले ओडिशा तट पार गरेको छ । फानीले पुरी तटको १५ किमी दक्षिण पश्चिम तट पार गरेको छ । यो आँधी बंगलादेशमा गएर समाप्त हुने जनाइएको छ । भारतीय केन्द्र सरकारले एक हप्ता पहिले देखि नै उद्धारका लागि तयारी थालेको थियो । सर्वसाधारणलाई खान दिनको लागि ५ हजार भान्सा तयार गरिएको छ । आँधी प्रभावित क्षेत्रहरुमा यातायात बन्द गराइएको छ । ओडीशाले २० वर्षयताकै शक्तिशाली आँधीको सामना गरिरहेको छ । सम्पुर्ण सुरक्षा सिनकाय उद्धार कार्यमा जुटेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *