समाचार

अरबपतिका छोराले गरेका रहेछन् श्रीलंकामा आक्रमण: ३५९ जनाको मृत्यु, ५०० भन्दा बढी घाइते

एजेन्सी । श्रीलंका आक्रमण गर्नेमध्ये दुई युवक धनाढ्य व्यापारीका छोरा भएको पुष्टि भउको छ । बिबिसीका अनु्सार ‘इस्टर सण्डे’को दिन श्रीलंकामा गरिएको आक्रमणमा संलग्न दुई आक्रमणकारी कोलोम्बोको एक धनाढ्य मसाला व्यापारीको छोरा हुन् । बिबिसीका अनुसार अनुसन्धानबारे जानकार दुई स्रोतको हवाला दिदैं सीएनएनले ती दुई जना दाजु भाई भएको र तिनको नाम इम्स एहमेद इब्राहिम र इल्हाम एहमद इब्रोहिम हुन् । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार पहिलो पटक ती दुई दाजुभाईको परिचय भारतीय समाचार वेबसाइट फस्टपोस्टले सार्वजनिक गरेको हो ।

३० भन्दा केही बढी उमेरका ति हमलाकारी दाजुभाईका पिता मोहमेद इब्राहिम कोलम्बोमा रहेको इशाना एक्सपोर्टका संस्थापक हुन् । कम्पनीको बेवसाइटमा ‘कम्पनी सन् २००६देखि श्रीलंकाको सबैभन्दा ठूलो मसाला निर्यातक’ भएको उल्लेख गरिएको छ । रिपोर्ट अनुसार इम्ब्राहिम परिवार श्रीलंकाको राजधानी कोलम्बोको सबैभन्दा धनी मुसलमान परिवारमध्य एक भएको उल्लेख छ । यि दुई दाजुभाईले गएको आइतबार गरेको हमलामा मात्रै ३५९ जनाले ज्यान गुमाए ५०० भन्दा बढी घाइते भउका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *