समाचार

छोरीज्वाइँको हत्या अभियुक्तलाई दश वर्ष कारागार

सप्तरी/ छोरीज्वाइँको हत्या आरोपित राजविराज नगरपािलका–९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई अदालतले १० वर्ष कैदसजायको फैसला गरेको छ ।जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले साहलाई मङ्गलबार १० वर्ष कैदसजायको फैसला गरेको हो । तिरहुत गाउँपालिका–१ त्रिकोल घर भई राजविराज नगरपालिका–५ स्वर्ण टोलमा डेरा गरी बस्ने २८ वर्षीय दीपेन्द्रकुमार मण्डलको हत्या आरोपमा उनका ससुरा रामदयाललाई १० वर्ष कैद सजायको फैसला भएको स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिनुभयो ।

हत्या आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेकी मृतककी श्रीमती २३ वर्षीया अञ्जना साहलाई भने अदालतले सफाइ दिएको छ । जिल्ला अदालतको आदेशमा रामदयाल र उनकी छोरी अञ्जना गत असार २७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।दीपेन्द्रलाई गत जेठ २९ गते राति हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले दुवै जनालाई पक्राउ गरी कर्तव्यज्यानको मुद्दा चलाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *