खेलकुद
शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला
काठमाडौँ, २३ माघ । सुन्दै अचम्म लाग्छ, एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शृङ्खला नै जितिसकेको नेपालमा एक दिवसीय शृङ्खला खेलाउने मैदान छैन भन्दा ।

एक दिवसीय मान्यता पाएको करिब एक वर्षको अवधिमा नेपाली क्रिकेटले दुईवटा अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला खेल्यो, पहिलो शृङ्खला बराबरीमा सकियो तर दोस्रोमा नेपालले ऐतिहासिक जित नै दर्ता गरायो । टि–२० मा समेत पहिलो शृङ्खला जितेको छ । तर, नेपालमै भने शृङ्खला आयोजना गर्ने अवस्था अहिले छैन । भएको एउटै मैदान कीर्तिपुरस्थित त्रिवि मैदान वर्षौंदेखि मर्मत हुन सकेको छैन ।
