समाचार
बीमा गर्ने महिला बढी
काठमाडौँ१० माघ । रोल्पामा स्वास्थ्य बीमा गर्ने पुरुषको तुलनामा महिला बढी देखिएका छन् ।जिल्लामा गत मङ्सिर १ गतेसम्म १२ हजार ८८१ ले स्वास्थ्य बीमा गरेकोमा त्यो सङ्ख्या महिलाको बढी छ । जिल्लामा सात हजार ९७ महिलाले स्वास्थ्य बीमा गरेका छन् ।

स्वास्थ्य बीमा गर्ने पुरुषको सङ्ख्या पाँच हजार ७८३ रहेको छ । जिल्लामा महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा दर्ता सहजकर्ता तोकिएका कारण विमितको सङ्ख्या पनि महिला बढी भएका हुन् । जिल्लामा स्वास्थ्य बीमा गर्नेको कूल सङ्ख्या निकै कम देखिएको छ । दुई लाख ३४ हजार जनसङ्ख्या रहेको रोल्पामा १२ हजार ८८२ ले मात्रै स्वास्थ्य बीमा गरेको बीमा बोर्ड रोल्पाका प्रतिनिधिले जानकारी दिएका छन्

