समाचार
गोविन्द केसीलाई लोकतन्त्रविरोधी भन्नेहरु निहित स्वार्थमा डुबेका छन् : जीवन क्षेत्री

असार २१, काठमाण्डौ । डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै आएका डा.जीवन क्षेत्रीले जनसरोकारका विषयमा सकारात्मक सुधारका लागि १५ पटकसम्म अनशन बस्नु लोकतान्त्रिक विधि भएको बताएका छन् ।
सरकारले पछिल्लो समय लोकतन्त्रविरोधी चरित्र देखाएको आरोप लगाउँदै क्षेत्रीले जनताको माग पूरा गराउनका लागि केसीले उठाएका मुद्दा जायज भएको जिकिर गरे ।
