खेलकुद

स्वारेजको गोलमा उरुग्वे अन्तिम सोह्रमा

काठमाडाैं – रसियामा जारी फिफा विश्वकप अन्तर्गत समुह ए बाट अर्को चरण प्रवेस गर्नेे दुवै टोलीको टुङ्गो लागेको छ।

बुधबार सम्पन्न खेलमा उरुग्वेले साउदी अरेबीयालाई एक शुन्य गोल अन्तरले पराजित गरेसँगै समुह ए बाट दोश्रो चरण पुग्ने दुबै टोलीको टुङ्गो लागेको हो। यसअघि गत मंगलबार भएको खेलमा इजिप्टलाई तिन एक गोल अन्तरले पराजित गर्दै आयोजक राष्ट्र रसिया दोश्रो चरण प्रवेस गरिसकेको छ। यस्तै यो समुहबाट इजिप्ट र साउदी अरेबीया वाहिरिएका छन्।

बुधबार भएको खेलमा उरुग्वे अर्को चरणमा प्रवेस गर्न लुइस स्वारेजको गोल निर्णयक रह्यो। स्वारेजले खेलको २३ औ मिनेटमा उरुग्वेका लागीे गोल गरेका हुन्। स्वारेजले कर्नर किक मार्फत आएको बललाई कार्लोस सान्चेजको पासमा गोलपोष्ट नजिकैबाट प्रहार गर्दै गोल गरेका हुन्।

स्वारेजले आज उरुग्वेका तर्फबाट एक सयौं अन्तर्रा्ष्ट्रिय खेल खेलेका छन्। पहिलो हाफमा गरेको गोल स्वारेजको ५२ औं अन्तर्रा्ष्ट्रिय गोल हो।

यसअघी समुह चरणमा खेलेका आफ्नो पहिलो खेलमा उरुग्वेले इजिप्टलाई एक शुन्यले पराजित गरेको थियो भने साउदी अरेबीया आयोजक रसियासँग पाँच शुन्य गोल अन्तरले पराजित भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *