विश्व

विदेशबाट फर्कने नेपालीलाई दुःखको खबर: अब शरीरमा लगाएको गहनामा पनि भन्सार लाग्ने !

काठमाडौं, १६ जेठ । विदेशबाट आउने नेपालीका लागि नयाँ बजेटले निकै प्रभाव पार्ने देखिएको छ ।

सरकारले मंगलबार सार्वजनिक गरेको बजेटले विदेशबाट आउनेलाई आफूले उपयोग गरेका गहनामा पनि भन्सार लाग्ने ब्यवस्था गरेको छ । नयाँ ब्यवस्था अनुसार, विदेश जाँदा लगाएको १० ग्रामको सुनको सिक्री लगाएरै नेपाल फर्किँदा पनि भन्सार कार्यालयले ५ हजार दुई सय रुपैयाँ कर लगाउन सक्ने छ।

बजेटमा एक सय ग्राम काँचो सुन महसुल तिरेर ल्याउन सकिने व्यवस्था छ । तर, आर्थिक ऐनमा सुन मात्रै उल्लेख गरिएकाले उपयोगमा रहेका गरगहनामा पनि भन्सार लाग्‍न सक्ने छ। यसअघि काँचो सुनलाई प्रतिबन्ध गरे पनि ५० ग्रामसम्म सुनका गहना सहजै ल्याउन सकिने व्यवस्था थियो।

आर्थिक ऐनमा विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुनमा पहिलो ५० ग्रामसम्म प्रति दश ग्राम ५ हजार २ सय रुपैयाँ र ५० ग्राम भन्दा बढी थप ५० ग्रामसम्म प्रति दश ग्राम ६ हजार २ सय रुपैयाँ भन्सार लिने व्यवस्था गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *