बिचार/ब्लग
मतदान गर्दा मतदाताले ध्यान दिनुपर्ने कुरा

रमेश गौतम
आगामि मंसिर चार गते प्रतिनिधि सभा तथा प्रदेश सभाकाे आम निर्वाचन हुदै छ। यतिबेला देश चुनावमय भएको छ। गाउँ ,शहर ,टाेल बस्तीमा मतदाताहरु मतदान गर्ने दिन कुरिरहेका छन । यसरी संविधानमा मंसिर -३ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताले मतदान गर्न पाउने अधिकार छ। पहिलाे हुने निर्वाचन प्रणालीबाट ब्यक्तिलाइ मतदान गरिन्छ र सबै भन्दाबढि सदर मत पाउने उमेद्वार नै विजयी हुनेछ।
समानुपातिक निर्वाचन प्रणालिबाट दललाई मतदान गरिन्छ र दलले पाएकाे मतकाे आधारमा बन्द सुचिमा रहेको समावेसि प्राथमिकताकाे आधार मानेर दलकाे उमेद्वारलाइ बिजयी भएकाे घाेषणा गरिन्छ ।
यसरि प्रतिनिधि सभाबाट निर्वाचित २७५ जना सदस्य निर्वाचित हुन्छन्। जस मध्ये १६५ जना पहिलाे हुने निर्वाचन प्रणालि बाट निर्वाचित हुन्छन्। ११० जना समानुपातिक निर्वाचन प्रणालि बाट निर्वाचित हुने प्राबधान छ ।
सातवटा प्रदेस सभा सदस्यबाट ५५० सदस्य निर्वाचित हुन्छन्। प्रत्यक्ष निर्वाचन प्रणालीबाट ३३० सदस्य निर्वाचित हुन्छन् र समानुपातिक निर्वाचन प्रणालीबाट २२० जना सदस्य निर्वाचित हुन्छन् ।
मंसिर चारमा हुने निर्वाचनमा आफ्नो अमुल्य मत कसरी प्रदान गर्न सकिन्छ भनेर मतदाताले बुझ्न र बुझाउन जरुरी छ। यहाँ मतदान गर्ने चार विषेश तरिका बताइएकाे छ ।
मतदान गर्ने तरीका :- १)प्रतिनिधि सभा सदस्य निर्वाचनकाे लागि सेताे पृष्ठ भुमिमा राताे रङ्ग काे निर्वाचन चिन्ह भएकाे मतपत्र लिनुहाेस र स्वस्तिक छाप लगाउने गाेप्य स्थानमा गइ कुनै १ चिन्ह मा स्वस्तिक छाप लगाउनु पर्छ । मतपत्रलाइ सहि तरिकाले पट्याउनुहाेस र मतपेटिका “१”राताे रङको स्टिकर भएकाे मतपेटिकामा मत खसाल्नुस् ।
२) प्रतिनिधि सभाकाे मतदानको लागी सेताे पृष्ठ भुमिमा कालाे रङको चिन्ह भएकाे दाेस्राे मतपत्र लिनुहाेस र गाेप्य स्थानमा गइ कुनै एक राजनितिक दल लाइ स्वस्तिक छाप लगाउनुहोस् मतपत्र लाइ सहि तरिकाले पट्याउनुहाेस र सेताे पृष्ठ भुमिमा कालाे रङले “२” लेखेको स्कुटर भएकाे मतपेटिकामा मतपत्र खसाल्नुस्।
३) प्रदेश सभाको पहिलो हुने निर्वाचन प्रणालीको लागि सेताे पृष्ठ भुमिमा राताे रङ्ग काे निर्वाचन चिन्ह भएकाे मतपत्र लिनुहाेस , स्वस्तिक छाप ले कुनै एक उमेद्वारकाे चिन्हमा मतदान गर्नुहाेस्। मतपत्र लाइ सहि तरिकाले पट्याउनुहाेस र मतपेटिका खसाल्नुस्।
४) प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालिकाे लागि सेताे पृष्ठ भुमिमा कालाे रङको निर्वाचन चिन्ह भएकाे मतपत्र लिनुहाेस र गाेप्य स्थानमा गइ कुनै एक राजनितिक दलकाे निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाउनुहोस् मतपत्र लाइ सहि तरिकाले पट्याउनुहाेस र मतपेटिका खसाल्नुहाेस् यसरि ४ वटा मतपेटिकामा मतदान गरिसकेपछि मतदान केन्द्रबाट बाहिर जानुहाेस।
माथि उल्लेख गरिएको विधिबाट मतदान गर्दा मत बदर पनि नहुने र सजिलाे हुने देखिन्छ ।