uncategorized
भुम्लुका जनताले लालपुर्जा छिट्टै पाउने
लामो समय देखि रोकिएको भुम्लु गाउपालिकाको वडा ७ र ८ को लालपुर्जा वितरणको प्रबिधिक कार्य अगाडि बढेको छ।गाउँपालिका अध्यक्षमा प्रेम बहादुर भुजेलले लालपुर्जा वितरणमा चासो देखाएसगै कामले तीव्रता पाएको हो ।
नापि कार्यलयले आफ्नो काम अघिल्लो सरकारको समयमा सुरु गरिसकेको थियो , तर मालपोत कार्यालयमा देखिएको कागजि जटिलताका कारण काम सुचारु हुन सकेको थिएन। विगतमा पटक पटक पहल गर्दा पनि नभएपछि गत साउन २० गते भुमिव्यवस्था तथा सहकारी मन्त्रालयमा मन्त्री शशी श्रेष्ठ, काभ्रे जिल्लाको नापि र मालपोतका कार्यलयका प्रमुख, पालिका प्रमुख र नापि र मालपोत कार्यालयका डि .जि .हरु सहितको छलफल पश्चात जिल्ला मालपोत कार्यालयले काम सुरु गरेको छ।
नापि कार्यलय काभ्रेले उक्त स्थानमा रहेको जग्गा अन्तिमपटक कसको नाममा हक हस्तान्तरण , राजिनामा वा बकस के ? भएको छ ,सो को लगत प्रमाण सहित उपलब्ध गराइदिन अनुरोध गरेको थियो । ति लगत , प्रमाण, बिजक आदि मालपोत कार्यालयमा सबुत प्रमाणसहित जुटाउन सकिने अवस्था नरहेको कार्यालयका कर्मचारीहरुले बताउँछन्।तर उपलब्ध नहुने प्रमाण र कागजातलाई मालपोत एेन २०३४ अनुसार निर्णय गर्ने सकिने सुझाव प्रमुख मालपोत अधिकृतले दिनुभएको छ।
मालपोत एेन २०३४ मा के छ त !
एेनमा जग्गा दर्ता सम्बन्धी बिशेष व्यवस्था को १ दफा ६ को उपदफा २मा नापि अन्तर्गत नापि नक्शा गर्ने छुटन गएमा मालपोत कार्यालयको सहयोगमा विभागको सहमति लिइ दर्ता गर्न सक्ने व्यवस्था छ। १ क मा उल्लेख भएअनुसार, नेपाल सरकारले आवश्यक देखेमा कुनै व्यक्ति,वर्ग, क्षेत्रको जग्गा सम्बन्धी समस्या उठेमा समाधानका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी बढीमा चार जना सदस्यहरु भएको आयोग वा समिति गठन गरी आएको समस्यालाई काम कर्तव्य अधिकार प्रयोग गर्न आयोगले तोकेको बमोजिम विधिमा रहेर गर्न सकिने व्यवस्था छ।