uncategorized

स्रष्टा सम्मानमा “नझरेका फूलहरु”, स्वरसम्राट नारायणगोपालको २९ औँ स्मृति दिवसमा विशेष कार्यक्रम

इटहरी / स्वरसम्राट नारायणगोपालको २९ औँ स्मृति दिवसको अवसरमा नझरेका फूलहरुले नारायणगोपालको सम्मान र सम्झनामा विशेष कार्यक्रम गर्ने भएको छ । “नझरेका फूलहरुले ” आफ्नो १६ औँ श्रृखला अन्तर्गत नारायणगोपाल स्मृति दिवस कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा लोकप्रिय गायक शिशिर योगीले स्वरसम्राट नारायणगोपालका र आफ्ना बहुचर्चित गीतहरु सुनाउने छन् । मङ्सिर १९ गते बिहिबार साँझ ६ः३० बजेबाट सुरुहुने कार्यक्रममा पुर्वर्की चर्चित गायिका सृष्टि हिङ्माङले पनि आफ्नो प्रस्तुती पस्कने बताइएको छ । कार्यक्रममा नारायणगोपाललाई कविहरु मनु मन्जिल र छवि बैरागी घिमिरेले पनि आफ्ना कविताहरुमार्फत प्रस्तुत गर्ने बताइएको छ । एउटै मञ्चमा गायक, गायिका र कविहरुको सहभागितामा दर्शक, स्रोतालाई मनोरञ्चन दिन र स्वरसम्राटप्रति श्रद्धाञ्जलि अर्पण गर्न स्मृति दिवस कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरुका प्रस्तोता केपी घिमिरेले बताएका छन् । साहित्य, कला र सङ्गीतको संरक्षण र विकासका लागि “नझरेका फूलहरुले ” विगत तीन वर्ष देखि कार्यक्रम गर्दै आएको छ । नझरेका फूलहरु पलेँटी साँझको व्यानरमा अहिले सम्म राष्ट्रका ख्यातिप्राप्त स्रष्टाहरु मीरा राणा, लाक्पा शेर्पा, रामकृष्ण ढकाल, कुवेर नेपाली, यम बराल, राजु सिंह, सत्यकला राई, हेमन्त शर्मा, राज सिग्देल, कर्ण दास, लेखु विवस, तुलसी पराजुली , एलपी जोसी, दुर्गा पराजुली, संजिव धिमाल, रमेश कार्की, साथै चर्चित स्रष्टाहरु यमुना पराजुली, सुनिता लिम्बू, नेत्र घिमिरे, विपी सिंह, विकास सुनार, देवासिस तामाङ, रेखा सुवेदी, अमृत आचार्य, जे.वि. थुुलुुङ, बादलदेवी चाम्लीङ, मीनकुमार नवोदित श्रेष्ठ, हेमन यात्री, तीला लेकाली, तारा पराजुली लगायत सर्जकका सिर्जनाहरु प्रस्तुत भइसकेका छन् ।
यस पटककाे कार्यक्रममा सुुुन्दरहरैंचा आइडलका विजेताहरुको पनि प्रस्तुति हेर्न सकिने “नझरेका फूलहरुका ” प्रस्तोता घिमिरेले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *