समाचार

स्विजरल्याण्डलाई मात खुवाउने ठाउँ नेपालमै !

काठमाडौं । रामेछाप र दोलखाको संगमलस्थल सैलुङ प्राकृतिक एवं धार्मिक पर्यटकीय गन्तव्य हो । समुन्द्री सतहबाट ३१४८ फिट उचाइमा रहेको शैलुङ्ग राजधानी काठमाडौंबाट १४१ किलोमिटर दुरीमा रहेको छ । शैलुङ्गको आकर्षण प्राकृ तिक दृष्यावलोकन र धार्मिक आस्थाको केन्द्र हो । शैलुङ्ग हिन्दु र बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र पनि हो ।

शैलुङ्गबाट आफैमा प्राकृतिक जैविक विविधताले भरिपूर्ण धार्मिक, सांस्कृतिक, पर्यकीय स्थलको रुपमा रहेको छ । शैलुङ्गको आफ्नै मौलिकता छ । प्राकृतिक रुपमा धनी शैलुङ्गको आकर्षण बनेको छ, धार्मिक पर्यटन । शैलुङ्गको विकास गर्न र नेपालकै प्रमुख पर्य टकीय गन्तव्यको रुपमा परिचित छ । शैलुङ्गको अवलोकन भ्रमणको लागि आउने÷जाने पर्यटकहरुको लागि मुडे, चरिकोट, तामाकोसी, देवीटार मिल्ती, मन्थली सित्खा नेपालकोथक चारैतिरबाट सडक सञ्जालले जोडिएको छ ।

दोलखा र रामेछापको दुवै क्षेत्रबाट शैलुङ्ग पुग्न सकिन्छ । शैलुङ्गको खोलाखर्क र दोलखाको ढुंगेमा बास बसेर पनि बिहानको सूर्योदय हेर्न सकिन्छ । आदिवासी जनजाति पर्यटन पदमार्ग सिन्धुपाल्चोकको मुडे हुँदै दोलखाको मागादेउराली, ढुंगे हुँदै शैलुङ्ग खोलाखर्क, पर्यटन गन्तव्य गाउँ दोरम्बा हुँदै नेपालथोकसम्म ७ दिनको पदयात्रा सञ्चालन भइसकेको छ । जुन पदयात्रा विदेशी पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ ।

शैलुङ्ग जानको लागि मुख्यगरी तीन वटा नाकाहरु प्रमुख रुपमा रहेका छन् । राजधानी काठमाडौं बाट बिपी राजमार्गको नेपालकोक, सित्खा सुनकोसीको नदी पार गर्दै धार्मिक स्थल खाँडादेवी मन्दिर अग्लेश्वर महादेव पर्यटन गन्तव्य गाउँ दोरम्बा हुँदै शैलुङ्ग । दोस्रो उत्तरी क्षेत्र सिन्धुपाल्चोकको मुडे मागादेउराली हुँदै ढुंगे बजारबाट शैलुङ्ग र तेस्रो सालुखुम्बु, जिरीबाट आउने पर्यटकहरु मन्थली, भैसे, गोठपानी हुँदै शैलुङ्ग पुग्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *