बिचार/ब्लग

आजको राशिफल : असार ३१ गते, मंगलबार

वि.सं.२०७६ साल असार ३१ गते । मंगलबार । इस्वी सन् २०१९ जुलाई १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ । आषाढ शुक्ल पक्ष । तिथि पूर्णिमा,५२ घडी ०२ पला,रातको ०२ बजेर ०८ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र पूर्वाषाढा,३८ घडी ४७ पला,बेलुकी ०८ बजेर ५० मिनेट उप्रान्त उत्तरषाडा । योग वैधृति,५७ घडी ०८ पला,रातको ०४ बजेर ४० मिनेट उप्रान्त विष्कुम्भ । करण भद्रा,दिउसो ०१ बजेर ४३ मिनेट उप्रान्त बव,रातको ०२ बजेर ०८ मिनेट उप्रान्त वाल्ल । आनन्दादिमा मित्र योग । चन्द्रराशि धनु,रातको ०३ बजेर १४ मिनेट उप्रान्त मकर । गुरुपूर्णिमा। पूर्णिमा व्रत। गुरु व्यास पूजा। दक्षिणामूर्ति पूजा। मन्वादि। दिल्ला पुन्ही। मानस व्रत प्रारम्भ। भक्तपुरमा वीरनदी स्नान। रातको ०१ बजेर ४६ मिनेटदेखि ०४ बजेर ४५ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण। आषाढ मसान्त। काठमाडौँमा सूर्योदय ०५ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी ११ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरी चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइने हुनाले असजिला कामहरू सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेको छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । लामो समयदेखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाई लेखाइमा समय दिन नकस्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ-नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसायबाट मनग्गे नाफा कमाउन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुनै पनि कामलाई पुनः गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । पुराना रोगहरू फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लागिन गर्नको लागि केही समय पर्खनु नै उचित रहेको छ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केही समयको लागि टाढिनु पर्ने हुनसक्छ । कुनै पनि विवादमा सामेल भए हारिने सम्भावना रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रसन्न रहनेछ । शेयर बजार तथा बैङ्किङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईँको काममा सहयोग गर्ने हुँदा समयमानै काम सकाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । माया प्रेममा विश्वास बढ्नेछ भने घर परिवारमा आमाको सहयोग पाइनेछ । अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर हुन सक्छ । राजनीति तथा समाजसेवामा सहभागी हुँनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दौडधुप तथा लामो खटाइले मात्र काम सम्पादन हुनेछन् । पुराना मुद्दाहरूको निर्णय तपाईँको पक्षमा नआउने तथा नयाँ विवादमा फस्ने योग रहेको छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागि फाइदा हुनेछ । आफूभन्दा ठूला तथा प्रतिष्ठित व्याक्तिहरुसँग विवाद बढ्ने योग रहेको छ । प्रणय सम्बन्धमा आत्मीयताको कमी हुनेछ । कष्टकारक यात्रा नहोला भन्न सकिन्न ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) व्यापार व्यावासायबाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जाँगर आउनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरूले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाई लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुनदा मन खुसी रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पुराना कामबाट लाभ लिने समय रहेको छ भने नयाँ काम सुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सही सदुपयोग गरी रचनात्मक काम गरी समाजमा नाम कमाउन सकिनेछ । साभिभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरूका लागि समयले साथ दिनेछ भने नयाँ-नयाँ प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीहरूले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरुवर्गहरुलाई खुसी राख्न सक्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । तयारी बिना नै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । प्रेममा रमाउन चाहनेहरूका आजको दिन टाढै रहनु उपयुक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मानमुटाव सिर्जना हुनेछ । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढी समय खर्चिनु पर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाई लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागि हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्तसँगको लेनदेन कारोबारले शत्रुत्रा बढ्नेछ । माया प्रेममा सामान्य मनमुटाब बढ्ने तथा श्रीमान् श्रीमतीबीचको सम्बन्धमा उतार चढाए बढ्नेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाइने हुँदा पद प्राप्तिको योग टरेर जानेछ । पछि लाभ हुने कामको थालनी गर्न सकिनेछ । शरीरमा घाउ,खटिरा तथा चोटपटकको भए रहनेछ । तपाईँको दिन शुभ रहोस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *