खेलकुद
न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले विश्वकप क्रिकेटको पहिलो पटक उपाधि चुम्यो, सुपर ओभरमा पनि खेलले यसरी लियो नाटकीय रुप
एजेन्सी । न्युजिल्याण्डलाई हराउँदै विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डले जितेको छ । गएराती सम्पन्न खेलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि जितेको हो । जुन जित विश्वकप इतिहाँसमा नै इंग्ल्याण्डले पहिलो पटक हाता पारेको हो । एरातीको जितसँगै एकदिवसीय विश्वकप जित्ने नयाँ राष्ट्र बनेको छ । न्युजिल्याण्ड भने पुनस् फाइनलमा पराजित हुँद्यै विश्वकप जित्ने सपना अधुरो नै बोकेर घर फर्किन बाध्य बन्यो । लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २४१ रन बनाएपछि खेल सुपर ओभरमा गएपछि इंग्ल्याण्डले १५ रन जोड्दै न्युजिल्याण्डलाई १६ रनको लक्ष्य दियो । जवाफमा न्युजिल्याण्डले १५ रन नै बनायो । तर, सुपर ओभरमा समान स्कोर भएपनि बढी बाउन्ड्री प्रहार गरेको कारण इंग्ल्याण्डले उपाधि जित्दै न्युजिल्याण्डलाई घर फर्काइदियो । सुपर ओभरमा जानुअघि इंग्ल्याण्डका बेन स्टोक्स र जोश बटलरले अर्धशतकीय इनिङ्स खेले । बटलर ५९ रनमा आउट भए । स्टोक्सले अविजित ८४ रन बनाए भने न्युजिल्याण्डका जेम्स निशम र लकी फर्गुसनले ३र३ विकेट लिएको खेललाई इतिहाँसकै रोमाञ्चक मध्येको एक खेल मानिएको छ ।



