uncategorized

आज प्रिय राजा बिरेन्द्रको बंश नाश भएको १८ वर्ष पूरा, अझै रहस्यमा

काठमाडौँ : नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पुगेको छ । वि.सं. ०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो। हत्या काण्डको ७ वर्षपछि ०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो । राजा वीरेन्द्र तथा रानी ऐश्वर्यको सोही दिन मृत्यु भएर कोमामा रहेका दीपेन्द्रलाई नयाँ राजा घोषणा गरिएको थियो ।

नारायणहिटी दरबारको त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको हत्या काण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, तत्कालिन युवराज दीपेन्द्र, राजकुमार निराजन, राज कुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र, वीरेन्द्रकी बहिनी राजकुमारी जयन्ती, शान्ति र शारदा सहितको ज्यान गएको थियो ।हत्याकाण्डपछि राजपरिवारका सदस्यहरुलाई नेपाली सेनाको छाउनी अस्पताल पुर्‍याइएको थियो ।

हत्याकाण्डको बिषयमा अध्ययन गर्न तत्कालिन सभामुख तारानाथ रानाभाटको अध्यक्षतामा बनेको समितिले दरबार हत्याकाण्ड तत्कालिन युवराज दिपेन्द्रले गराएको प्रतिवेदन बुझाए पनि त्यसलाई धेरैले पत्याएनन् । प्रतिवेदनमा राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी देवयानी राणासँगको प्रेम प्रंसगका कारण दिपेन्द्रले हत्याकाण्ड मच्चाएको उल्लेख थियो ।यस अवधिमा दरबार हत्याकाण्डमाथि थुप्रै टिकाटिप्पणी भए, पुस्तकहरु छापिए तर १८ बर्ष सम्म यर्थाथ कुरा बाहिर आउन सकेको छैन । राजा वीरेन्द्र पछि उनका भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *