uncategorized
अमेरिकी भिसा आवेदकका लागि नयाँ नियम,सामाजिक सञ्जालका विवरण बुझाउनुपर्ने
काठमाडौं, १९ जेष्ठ । अमेरिकाका लागि भिसा अर्थात् प्रवेशाज्ञा पाउन आवेदन दिने लगभग सबैले नयाँ नियमानुसार अब सामाजिक सञ्जालसम्बन्धी आफ्ना विवरणहरू बुझाउनुपर्ने हुन्छ।
अमेरिकी विदेश मन्त्रालयको नियमानुसार मानिसहरूले सामाजिक सञ्जालमा भएका नाम र पाँच वर्षदेखि प्रयोग गरेका ईमेल ठेगाना एवम् फोन नम्बर बुझाउनुपर्नेछ।गत वर्ष त्यस्तो प्रस्ताव गरिएका बेला अधिकारीहरूले त्यसबाट बर्सेनि एक करोड ४७ लाख मानिस प्रभावित हुन सक्ने अनुमान गरेका थिए।

