uncategorized
भारतमा रहेको जानकी मन्दिरको १५१ बिघा जग्गा गायब
काठमाडौं १८ जेठ । जानकी मन्दिरको नाममा नेपालमा रहेका जग्गा अतिक्रमणमा परेको घटना सार्वजनिक भएसँगै मन्दिरको नाममा भारतमा रहेको जग्गासमेत गायब भएको पाइएको छ ।
जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको प्रमाण राजधानीलाई प्राप्त भएको छ । तर त्यो जग्गाको वस्तुस्थितिबारे सरोकारवाला सरकारी निकाय बेखबर छन् ।

