uncategorized

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमडौं १७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा भन्सार कार्यालयका अधिकृत मानप्रसाद विकसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिलेमतोमा एउटै प्रज्ञापनपत्र तथा एउटै राजस्व बुझाएको बैंक रसिद प्रयोग गरी दुई अलगअलग मालबाहक ट्रक भन्सार कार्यालयबाट जाँचपास गराई ५३ लाख ९४ हजार रुपैयाँ सरकारलाई हानिनोक्सान पुर्‍याएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

मुद्दा दायर गरिएकामा अधिकृतसहित भन्सार कार्यालयका खरिदार अतुलकुमार शर्मा, नासुद्वय शिशिरविक्रम शाह र रामचन्द्र भट्ट, भन्सार एजेन्ट जगतराज दाहाल र मालसामान धनी राजनप्रसाद तिमल्सिना छन् । अख्तियारले यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र, वीरगन्ज, पर्साका नासु बद्रीप्रसाद दाहालसहित तीन जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनले दाहाल, लेखापढी व्यवसायी रोशनकुमार रौनियार र सुनीलकुमार यादवले ३१ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।कान्तिपुरबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *