uncategorized

१९९ यात्रु बोकेर जापान उडेको विमान आपतकालीन अवतरण, कोकिनका २४६ प्याकेट निलेका एकको मृत्यु

एजेन्सी । मेक्सीको सिटीबाट जापानका लागि उडेको विमानमा मै एक यात्रुको मृत्यु भएको छ। विमान भित्रै लागुऔषध खाएका कारण उनको मृत्यु भएको पोष्टमार्टम पछिको रिपोर्टमा देखिएको छ। रिपोर्ट अनुसार उनले कोकिनका २४६ वटा प्याकेट निलेको भेटिएको थियो । मेक्सीको बाट उदो एन नाम गरेका मृतकसहित १९९ जना यात्रु बोकेर सो विमान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो ।

तर विमानभित्रै उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मेक्सिकोको सनोरा राज्यमा विमानको आपत्‌कालीन अवतरण गराउनुपरेको थियो। अत्यधिक लागुऔषधका कारण मस्तिष्कमा उत्पन्न हुने एउटा समस्याका कारण उदो एनको ज्यान गएको अधिकारीहरू बता उछन् । अधिकारीहरुका अनुसार खासमा उनी कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा शुरू गरेका थिए । तर उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए।

पोष्टमार्टम रिर्पोट : उदो एनले किन र कसरी कोकिनका २४६ प्याकेट निले भन्नेबारे अनुसन्धान भईरहेको मेक्सिकोका सङ्घीय अधिकारीहरूले बताएका छन। पोष्टमार्टममा मृतकको पेटबाट साढे दुई सेन्टिमिटर लम्बाइ र एक सेन्टिमिटर चौडाइ भएका कोकिनका प्याकेटहरू देखिएको छ । एयरमोसिलियो नगरमा विमानलाई आपत्‌कालीन अवतरण गराइए पनि पछि बाँकी १९८ जना यात्री गन्तव्य सम्मको यात्रा गर्न पाएका थिए।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *