uncategorized

यी हुन् ६० वर्षकी सुरक्षागार्ड हजुरआमा,हसिलो अनुहारमा युनिफर्म कत्ती सुहाएको सलाम हजुरआमालाई

शरीरमा कालो युनिफर्म। खुट्टामा कालै रंगको छालाका बुट। अनि हातमा स्क्यानर मेसिन। पाटनढोकास्थित गणेश मन्दिर नजिकै रहेको नव युवा बचत तथा सहकारी संस्थामा सुरक्षा गार्डको रूपमा कार्यरत छिन्, मनमाया महर्जन (६०) गेटअगाडि यही अवस्थामै भेटिन्छिन्।उनले सुरक्षा गार्डको रूपमा काम गर्न थालेको एक वर्ष हुन थाल्यो। हसिलो अनुहार अनि फुर्तिली मनमाया दिनभरी हातमा स्क्यानर लिएर सहकारीको सुरक्षामा जुट्छिन्। शंका लाग्ने, नचिनेको मान्छे सहकारीमा आयो भने विशेष ध्यान दिएर सक्रिय भएर चेक गर्नु पर्ने उनी बताउँछिन्।

६० वर्षकी मनमाया एक प्रेरणा हुन्। नेपालका अधिकांश युवापुस्तामा आएको नैराश्यता, र काम गर्ने वातावरण छैन भनी गुनासो पोख्नेहरुको लागि उदाहरण हुन् उनी। शरीरमा फुर्ती रहुन्जेल, काम गरेर नै खानु राम्रो भन्ने सोच राख्ने उनी कुनै जवान सुरक्षा गार्ड भन्दा कम भने छैनन्।उनी बिहानै उठेर घर नजिकैको गणेश मन्दिरमा पूजा गर्न जान्छिन्। र, पूजा सकेर बिहानको खाजा खाएपछि ड्युटीको तयारीमा जुट्छिन्। र, हानिन्छिन् सहकारीतिर। बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म सहकारीमा आउने ग्राहकलाई स्क्यानरले जाँच्नु उनको दैनिकी नै हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *