खेलकुद
इनरुवामा प्रदेशस्तरीय भलिबल : इनरुवा र मोरङ विजयी
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा दोस्रो प्रदेशस्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ । शनिबार बाट इनरुवाको महेन्द्र चौकमा दोस्रो प्रदेशस्तरीय मेयर कप भलिबल प्रतियोगिता इनरुवा नगरपालिका र शान्तिदीप नेपालको संयुक्त आयोजनामा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन इनरुवा नगरपालिका प्रमुख राजन मेहताले गरेका थिए । प्रतियोगिता अन्तर्गत शनिबार भएको उद्घाटन खेल इनरुवा भलिबल क्लबले नेपाल पुलिस क्लब रानीलाई पराजित गरेको आयोजकले जनाएको छ ।
शान्तिदीप नेपालका अध्यक्ष सुवास राईका अनुसार शनिबार दुईवटा खेल सम्पन्न भएकोमा पहिलो खेलमा इनरुवा र दोस्रो खेलमा मोरङ विजयी भएको छ । बेस्ट अफ फाइबका आधारमा खेलाइएको खेलमा इनरुवाले पुलिस लाई ३-१ सेटले पराजित गर्यो भने दोस्रो खेलमा मोरङले आयोजक लाई २-० सेटको अन्तरले पराजित गरेको राईले जानकारी दिए ।


