समाचार
पत्रकारिताको खोल ओडेर दाङमा ठगि धन्दा , एक पत्रकार निलम्बित !
काठमान्डौ , केहि समय अगाडी देखि पत्रकारिताको खोल ओडेर ठगि धन्दा चलाउने पत्रकारहरुको पर्दाफास भैरहेको छ। दाङका पत्रकार सागर थापालाई पाँच लाख रुपैँया ठगी गरेको आरोप लागेको छ । उनले प्रहरी बनाईदिन्छु भन्दै दुई ब्यक्तिबाट गरि पाँचलाख रुपैया लगेको अरोप लागेको छ ।२०७३ साल बैशाखमा दाङ देउखुरीको मौरीघाटका अनिल चौधरी र मेघराज खड्कासँग प्रहरी बनाइदिन्छु भन्दै प्रति व्यक्ति दुई लाख ५० हजार रुपैँया घुस लगेको आरोप लागेको हो ।प्रहरीसंग आफ्नो पहुँच भएकाले प्रहरीमा भर्ति गराउने आस्वासन दिएर पैसा लगेको तर प्रहरीमा भर्ति पनि नबनाएको र पैसा पनि फिर्ता नदिएको पीडित चौधरीले सोमबार घोराहीमा पत्रकार सम्मेलनगरी आरोप लगाए ।

तसो त पत्रकार थापाले भने आफुले कसैसंग प्रहरी बनाईदिन्छु भन्दै रकम असुल नगरेको स्पष्ट पारेका छन् ।थापाले आज एक बिज्ञप्ति जारी गर्दै २०७३ साल बैशाखमा दाङ देउखुरीको मौरीघाटका अनिल चौधरी र मेघराज खड्कासँग प्रहरी बनाइदिन्छु भन्दै प्रति व्यक्ति दुई लाख ५० हजार रुपैँया घुस लगेको भदै पत्रकार सम्मेलन मार्फत दोषरोपन गरेपछि थापाले यस्तो प्रतिकृया जनाएका हुन् ।“मेघराज खड्का संग पारीवारीक सम्बन्ध भएको उल्लेख गर्दै थापाले दुई परीवारका बिचमा आर्थीक समस्या पर्दा एकले अर्काको गर्जौ टार्ने गरेको बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
मेघ राज खड्का लगाएतका व्यक्तिहरुसंग मेरो घरायसी तथा परीवारीक सम्बन्ध काय म रहेको र निजहरुसंग यस अघि पनि विश्वासका आधारमा घर खर्च तथा व्यवहारीक समस्या टार्नका लागि बिना कागज लेन देन हुने गरेको सत्य हो । यसै क्रममा मैले २०७३ सालमा आवस्यक गर्जौटार्न तथा मेरो सासु आमाको उपचारका लागि निज खड्का संग २ लाख ४५ हजार रुपैयाँ प्रचलीत सरकारी व्याज दरमा साँवा तथा ब्याज तिर्नैगरी लिएको ठिक साँचो हो जस्को प्रमाण मैले मिति २०७६ साल बैसाख २० गते मेघराज खड्का का नाममा उल्ल्ेखित व्यक्तिहरुको रोहबरमा ४ महिना भित्र २०७६÷०४÷२० गते तिर्नैगरी कपाली तमसुक गरीदिएको छु ।
बैसाख को २० गते तमसुक गर्नै, तिर्ने भाका हुँदा हुँदै ३ दिनको बिचमा पत्रकार सम्मेलन गरी मेरो चरीत्रहत्या गर्नुको पछाडि कस्को के स्वार्थ छ ?” थापाले भने ।यस्तै थापाले यदि मैले सम्बन्धित व्यक्तिहरु संग प्रहरी बनाईदिन्छु भनेर पैसा लिएको भए प्रहरी मा नाम ननिक्लीएपछि तुरुन्तै एक्सनमा किन गईएन ? यति लामो समय पछि पत्रकार सम्मेलन गरी मेरो चरीत्र हत्यागर्नुको पछाडि कारण के ? भनि प्रतिप्रस्न समेत गर्नुभयो ।प्रहरीले नै न्याए पाएन भन्दै पत्रकार सम्मेलन गरेको भन्दै थापाले काँस्कि प्रहरीमा कार्यरत अनिल कुमार चौधरी स्वयं उपस्थित भएर आयोजना गरीएको पत्रकार सम्मेलनमा नेपाल प्रहरीका जिम्म्ेवार व्यक्ति उपस्थित हुनु आफैमा अर्थपुर्ण छ के उनि पनि घुस खुवाएर प्रहरी भएका हुन् यदि हुन् भने उनलाई निलम्बन किन नगर्नै ?
बहालवाला प्रहरी कै उपस्थितीमा के पत्रकार सम्मेलन गर्न आवस्यक थियो ? प्रहरी वा अदालत जस्ता न्यायीक निकायहरुमा कीन गईएन ? थापाको प्रस्न छ ।समाचारमा ममाथी लगाईएको आरोप तथ्यहीन र कपोलकल्पित रहेको छ । अतिरंजित तरीकाले प्रकासीत समाचारमा कुनै सत्यता नभएको र मेरो सार्वजनीक सामाजीक मान प्रतिष्ठा मा आघात पुग्नेगरी लगाईएको आरोप को खण्डन गर्दछु बिज्ञप्तिमा भनिएको छ ।उता नेपाल पत्रकार महासंघ दाङ शाखाले एक साधारण सदस्यलाई निलम्बन गरेको छ । महासंघ दाङको १० औं कार्यसमितिको सोमबारको बैठकले शाखाका साधारण सदस्य निशानदाजु भट्टराई दुई महिनाका लागि निलम्बन गरेको हो ।
निज उपर परेको उजुरी माथि छानविन समितिले प्रस्तुत गरेको अध्ययन प्रतिवेदन बारे गम्भीर छलफल हुँदा निजले पत्रकारिताको आडमा पैसाको बार्गेनिङ्ग गरेको र कुनै आर्थिक लाभ लिएको ठोस तथ्यहरु स्थापित नभएको भन्ने छानविन समितिको प्रतिवेदनको आधारमा निजलाई त्यो आरोपबाट सफाइ दिइएको भएपनि पत्रकारिताको सिद्धान्त, धर्म, र आचारसंहिताको गम्भिर उल्लंघन गरेको प्रतिवेदनको निष्कर्ष र सुझाव अनुसार निजलाई २ महिना साधारणसदस्यबाट निलम्बन गर्नका लागि केन्द्रिय समिति समक्ष सिफारिश गर्ने निर्णय गरेको सोमबार प्रेस बिज्ञप्ति जारी गरि जानकारी दिईएको छ ।

