समाचार

देशकै दुखलाग्दो घटना भन्दै रुँदैरुँदै बोलिन् सरिता हत्याबारे महिला अधिकारकर्मी

भक्तपुर। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)को हत्या उनको आफ्नै श्रीमानले गरेको स्वीकारी सकेका छन्। यद्दपि श्रीमान एक्लैले हत्या नगरेको यसमा पुरा परिवारको सदस्यको नै मिलेमतो रहेको छिमेकी साथै माइती पक्षको आशंका छ।

सोमबार बिहानै टिचिंग अस्पतालको पोस्टमाटम गर्ने भवन बाहिर ठुलै घुइचो थियो। घटना घटेको ५ दिन सम्म मृतकको शब टिचिंग अस्पतालमै थियो। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ का वडाध्यक्ष, डिएसपी लगायत केहि अग्रज व्यक्तित्व सहित दोषीलाई उम्किन नदिई कडा भन्दा कडा कारवाही गरिने निर्णयका साथ मृतकको शब सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो।

महिला अधिकारकर्मी तथा अन्तरपाटी महिला संजाल, काभ्रेको पुर्ब अध्यक्ष रिता ढकाल आफु त्यस ठाउँमा नबसेता पनि हुर्के बढेको ठाउँमा त्यस्तो जघन्य घटना घटेको खबरले अत्यन्तै दुखि बनाएको बताइन्।महिला हकहितको लागि आवाजबिहिन महिलाहरुको आवाज बन्दै बुलन्द आवाज उठाउदै हिडेकी उनले सरिता दुलालले पनि न्याय पाउनु पर्छ निर्मला हत्याकाण्ड जसरि यो केस लम्बिनु हुँदैन भनेर आफ्नो भनाई राखेकी छिन्।

समाजमा अहिले घटिरहेका महिला हिंसाका घटनाहरुमा उनले यो भन्दा पनि अघि आवाज उठाउदै आएकी थिइन्। मृतक सरिताको न्यायको लागि पनि महिलाहरुलाई जम्मा परि जसरि हुन्छ अनुसन्धान साथै दोषीलाई उम्किन नदिन दबाब दिइरहने उनको प्रतिवद्दता छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *