२०८३असार ३ साेमवार
काठमाडौं । जिल्ला समन्वय समिति महासंघको छैटौं राष्ट्रिय परिषद् बैठकले नयाँ नेतृत्व चयन गरेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार बागमती प्रदेशका ऋषिदेव फुयाँल अध्यक्ष पदमा निर्वाचित भएका छन्।
महासंघको वरिष्ठ उपाध्यक्षमा दीपक गौतम, उपाध्यक्षमा लिलाधर पौडेल, महासचिवमा अशोककुमार घिमिरे उपमहासचिवमा राजेन्द्रविक्रम सिंह ठकुरी तथा सचिवमा दिनेश कुमार महतो निर्वाचित भएका छन्।
त्यसैगरी कोषाध्यक्षमा श्यामकुमार रोहाना चयन भएका छन्। सदस्यहरूमा टेकराज भट्टराई, सुमन शाक्य, जिवेन्द्रकुमार महतो र श्रीराम अयाेध्या यादव निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
यस्तै छैठौं साधरण सभाले ३५ सदस्यीय समिति चयन गरेको निर्वाचन कमिटी जनाएको छ। निर्वाचन समितिका अनुसार सबै पदमा निर्विराेध पदाधिकारीहरु चयन भएका हुन । नवनिर्वाचित नेतृत्वले जिल्ला समन्वय समितिहरूको प्रभावकारी भूमिका, स्थानीय तहबीच समन्वय तथा संघीय शासन प्रणालीलाई थप सुदृढ बनाउन पहल गर्ने अपेक्षा गरिएको छ।
महासंघको वरिष्ठ उपाध्यक्षमा काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतम चयन हुनुभएको छ। यससँगै उहाँले स्थानीय तह तथा जिल्ला समन्वयका साझा मुद्दालाई राष्ट्रिय स्तरमा उठाउने जिम्मेवारी प्राप्त गर्नुभएको छ।

