Site icon Tukinetwork.com

भैरब माबी गोकुलेमा झोला तथा स्टेसनरी बितरण

 

२०८३ जेठ २ शनिबार 
काभ्रे । भैरब रिजाल फाउन्डेसनबाट भैरब माबी महाभारत गाउपालिका वडा न १ मा रहेको भैरब माबीका बाल बिकास देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाइ झोला कपि र शिसा कलम सहित २४० वटा झोला बितरण गरिएको छ ।

बरिस्ठ पत्रकार एब साहित्यकार भैरब रिसालकी छोरी एब प्राध्यापक सुषमा रिसाल सापकोटाले बुबाको स्मृतिमा भैरब रिसाल फाउन्डेसनबाट बिधालयमा पुगेर झोला बितरण गर्नु भएको हो ।

झोला तथा कपि सिशा कलम बितरण गर्दै बुबाको स्मृतिमा बिकट तथा दुर्गम स्थान झोला बितरण गर्न पाउँदा खुसी लागेको बताउनु भयो ! उहाले गरिब जेहन्दार बिद्यार्थीहरुलाइ स्टेसनरी सहित झोला बितरण गर्न पाउदा थप उर्जा मिलेको र प्रत्येक बर्ष जस्तै काभ्रेको महाभारत गाउपालिकासम्म आउन सहयोग गर्नु बिधालयका सस्थापक प्रअ खुबनाथ दुलाललाई पनि धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

फाउन्डेसनसग बिधालयका सस्थापक प्रधानाध्यापक खुबनाथ दुलालले सहजीकरण गर्नु भएको थियो !

Exit mobile version