Site icon Tukinetwork.com

कविता:- आमाको दुधको धारा ,पिएर पाएको संसार

 कविता :- आमाको दुधको धारा ,पिएर पाएको संसार

कति कष्ट सहनुभो, कोखमा बोकि बोकि
मलाई जन्म दिनु भयो ,आफ्नो श्वास रोकि
बाबाको नी कमाउने ,बाध्यताले गर्दा
मनमा कति पिर होला, टाढा जानू पर्दा ।

आमाको दुधको धारा ,पिएर पाएको संसार

कमजोर शरीर बाल बच्चाको,ख्याल गर्नु पर्ने
जति कष्ट भए पनि ,ईश्वरलाई  गुहार्ने 
अगेनीको डिल्मा बसी ,तेल लगाउँथ्यौ
मलाई पोलि रुदा तिमी,आँसु बगाउँथ्यौ ।

आमाको दुधको धारा,पिएर पाएको संसार

काखमा लिइ तोते बोली,बोल्न सिकाउने
आँगनीमा हात समाइ ,हिड्न सिकाउने
मेरो जीवन ठुलो संसार,थियो ,तिम्रो काख
लामो श्वास फेर्थे मैले,शिरमा राख्थ्यौ हात।

आमाको दुधको धारा,पिएर पाएको संसार

माया आसा भरोसा र, बिस्वासको पात्र
मेरो इस्वर मेरो भगवान,स्वरुप मानिस मात्र
बिहानिको हिमाल सरि,राखुँ तिम्रो मुहार
यो आत्मको ईश्वरसङ्ग ,माग्दै छु म गुहार ।

आमाको दुधको धारा ,पिएर पाएको संसार

Exit mobile version