Site icon Tukinetwork.com

काभ्रेमा काव्य गोष्ठी तथा ‘के छैन नेपालमा ?’ कृतिको लोकार्पण

काभ्रेपलाञ्चोक । प्रगतिशील लेखक सङ्घ, काभ्रेको आयोजनामा काव्य गोष्ठी तथा कवि मुरहरि रायमाझीको कविता सङ्ग्रह “के छैन नेपालमा ?” को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि डा. कृष्ण सुवेदी (भारद्वाज मित्र), प्रलेस केन्द्रीय कोषाध्यक्ष रहनु भएको थियो भने विशिष्ट अतिथिमा प्रा. डा. सीता सुवेदी पन्थी रहनु भएको थियो। कार्यक्रमको सभापतित्व प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन श्रीकृष्ण पाण्डेले गर्नुभएको थियो भने स्वागत मन्तव्य नवराज उत्साहीले व्यक्त गर्नुभएको थियो ।गोष्ठीमा रक्तिम लामा, शुशिला बिस्ट, नवराज उत्साही, श्रीकृष्ण पाण्डे, सन्जय सोति, सम्झना रायमाझी, गरिमा अधिकारी, हरिप्रसाद चौलागाईं, अमृत अधिकारी, गेहेन्द्र अधिकारी, नारायणप्रसाद तिमल्सिना, पूर्ण श्रेष्ठ ‘ह्रदयाङ्कित’, हरिसचन्द्र घिमिरे, सुभद्रा अधिकारी, सरस्वती सापकोटा, लोकगायक मच्छेश्वर सापकोटा, रामसुन्दर देउजा, ओम तिमल्सिना, समर्पण श्री, शारदा नेपाल लगायतका स्रष्टाहरूले समसामयिक कविता, गीत तथा गजल प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रा. डा. सीता सुवेदी पन्थीले कवि मुरहरि रायमाझीको कृति “के छैन नेपालमा ?” माथि विस्तृत टिप्पणी प्रस्तुत गर्नुभएको थियो। सोही अवसरमा प्रलेस काभ्रेले प्रमुख अतिथि डा. कृष्ण सुवेदी र प्रा. डा. सीता सुवेदी पन्थीलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो। साथै कवि मुरहरि रायमाझीलाई ‘स्रष्टा विशेष’ अन्तर्गत प्रशंसापत्रसहित सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि डा. कृष्ण सुवेदीले प्रस्तुत रचनामाथि समालोचना समेत गर्नुभएको थियो।

Exit mobile version