Site icon Tukinetwork.com

काभ्रेका ४  सांसदहरुले पद तथा गाेपनियताकाे सपथ लिंदै 

चैत १२ बिहीबार ,२०८२
काठमाडौं । काभ्रेपलान्चोक जिल्लाका ४ जना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ आज लिनु  हुने छ।

प्रत्यक्ष तर्फ २ र समानुपातिक तर्फ २ गरि काभ्रेले ४ जना प्रतिनिधी सभा सदस्य पाएकाे छ। प्रत्यक्ष तर्फ सर्बाधीक चर्चामा रहेका उमेदवार बदन कुमार भण्डारी र मधुकुमार चौलागाईं हुनुहुन्छ । भण्डारीले ५३ हजार ३ सय ४४ मत प्रप्त गर्नु भएको थियाे भने चौलागाईंले २९ हजार मत पाउनु भएको थियो ।

यस्तै काठमाडौ विश्वविद्यालयका प्राेफेसर रहनु भएका डाक्टर राम लामा जनजाति क्लस्डर्डबाट समानुपातिक सदस्य हुनुहुन्छ भने सहिद परिवारबाट समानुपातिक सांसद हुनु भएकी रचना खतिवडा पनि काभ्रे पनौती ठेगाना भएकाे राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे जिल्ला सभापति प्रविण कुमार ढकालले जानकारी दिनु भयो ।

खतिवडाको जन्म काभ्रेमा भएको र मतदाता परिचयपत्र मात्रै ललितपुरबाट छ। उहाँलाई निर्वाचन प्रचारकाे बेला पार्टीले काभ्रेपलान्चोकमा जिम्मेवारी ताेकेकाे थियो । सभापति ढकालका अनुसार काभ्रे जिल्लाबाट चार जना प्रतिनिधी सभा सदस्यले आज २ बजे पद तथा गाेपनियताकाे सपथ लिने तयारी भएकाे छ

Exit mobile version