Site icon Tukinetwork.com

रास्वपा छाेडेका नेता हुमागाँई काङ्ग्रेस प्रबेश

फागुन १४ बिहीबार ,२०८२
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका युवा नेता दिनेश हुमागाँई अन्ततः नेपाली काङ्ग्रेस प्रवेश गरेका छन्। बिहीबार धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पार्टी प्रवेशको औपचारिक जानकारी दिएका हुन्।

हुमागाँईले नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाको प्रशंसा गर्दै आफू र थापा आई.ए.एसि. अध्ययनकालदेखि नै परिचित रहेको स्मरण गरे। उनले काङ्ग्रेसभित्र थापाले युवालाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय शक्ति सन्तुलनसमेत मिलाएर काम गर्न सक्ने नेतृत्व क्षमता देखाएको बताए।

आफू काभ्रेको नेपाली काङ्ग्रेससँग पहिलेदेखि नै निकट सम्बन्धमा रहेको उल्लेख गर्दै हुमागाँईले २०७९ सालमा ‘जान्नेलाई छान्ने’ नारासहित स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत परिवर्तनको पक्षमा उभिएको बताए। तर काभ्रे क्षेत्र नं. २ मा टिकट नपाएकोप्रति असन्तुष्टि जनाउँदै उनले रास्वपाले टिकट वितरणमा अनियमितता गरेको आरोप लगाए।

रास्वपा स्थापना कालदेखि नै आफ्नो सक्रिय भूमिका रहेको दाबी गर्दै उनले त्यसको उचित मूल्यांकन नभएकोमा दुःख व्यक्त गरे। अन्य दलमाथि अन्याय, भ्रष्टाचार र टिकट बार्गेनिङको आरोप लगाउँदै आएको रास्वपाले नै त्यही प्रवृत्ति दोहोर्याएको उनको भनाइ छ।

हुमागाँईले काङ्ग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएसँगै पार्टी नयाँ ढंगले अघि बढेको दाबी गर्दै देशमा देखिएका राजनीतिक तथा प्रशासनिक समस्याको समाधान काङ्ग्रेसले गर्न सक्ने विश्वास व्यक्त गरे।

Exit mobile version