Site icon Tukinetwork.com

काभ्रेपलान्चोकमा रास्वपाको घरदैलो अभियान ,जित सुनिश्चित हुने दाबी

 

माघ १८, शनिबार, २०८३
काभ्रेपलान्चोक । जिल्ला चुनावी माहोल तात्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काभ्रेपलान्चोकमा घरदैलो अभियानलाई तीव्र बनाएको छ। जिल्लाका १३ वटै पालिकामा पार्टीका गतिविधि सञ्चालन भइरहेका छन्।
काभ्रेपलान्चोक जिल्लामा रास्वपाको घरदैलो अभियानको नेतृत्व गरिरहेका पार्टी सभापति प्रविण ढकालले टुकी नेटवर्कसँग कुरा गर्दै पार्टी जिततर्फ अग्रसर रहेको दाबी गर्नुभयो। उहाँका अनुसार हाल घरदैलो अभियान सक्रिय रूपमा चलिरहेको छ र प्रचार–प्रसारको अवस्था सन्तोषजनक रहेको छ।
सभापति ढकालले जेन–जी पुस्ताको सक्रियताले यो आन्दोलनलाई मजबुत बनाएको उल्लेख गर्दै, यही निर्वाचनमार्फत देशलाई निकास दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अबको परिवर्तन रास्वपाले दिन सक्छ। निर्वाचन जित्न चुनौती त छ, तर हामी दृढतापूर्वक लागिरहेका छौं। हाम्रो बुझाइमा जित सुनिश्चित छ, आशा गरौँ।”

#रास्वपा
#घरदैलोअभियान
#काभ्रेपलान्चोक
#निर्वाचन२०८३
#टुकीनेटवर्क
#प्रविणढकाल
#राजनीति
#GenZPolitics

Exit mobile version