Site icon Tukinetwork.com

संघर्षबाट नेतृत्वसम्मः बदन भण्डारीको जनमुखी राजनीतिक यात्रा

माघ ९ शुक्रबार ,२०८२
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–२ सिम्थलीमा जन्मिनु भएका बदन भण्डारी इमानदार, कर्मठ र जनमुखी नेतृत्वका रूपमा परिचित हुनुहुन्छ। निम्न वर्गीय परिवारबाट संघर्ष, मेहनत र आत्मविश्वासका साथ आफ्नै खुट्टामा उभिन सफल भण्डारी आज एक स्थापित इ–कमर्श व्यवसायी, अनुभवी मिडिया कर्मी तथा सक्रिय सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ।

विद्यालय जीवनदेखि नै कक्षाको प्रथम हुने भण्डारीले काठमाडौँस्थित कैलासकुट बहुमुखी क्याम्पस, मित्रपार्कबाट स्नातक (BA) अध्ययन पूरा गर्नुभएको हो। व्यावसायिक यात्रामा उहाँ Ab Aarogya Company र ABZ Online Shopping जस्ता संस्थामार्फत इ–कमर्श क्षेत्रमा सक्रिय रहनु भएको छ। लामो समय मिडिया क्षेत्रमा कार्य गर्दै समाज, राजनीति र जनजीवनको गहिरो बुझाइ हासिल गर्नुभएको उहाँको अनुभव बहुआयामिक छ।

सामाजिक सेवामा पनि भण्डारी अग्रपंक्तिमा रहँदै आउनु भएको छ। लायन्स क्लबमार्फत २०७२ सालदेखि निरन्तर सामाजिक सेवामा संलग्न उहाँ भूकम्प, कोरोना महामारी, बाढीपहिरो लगायतका विपद्का समयमा पीडितको सेवामा सक्रिय रहनु भयो। रक्तदान कार्यक्रम, वृक्षरोपण तथा वातावरण संरक्षण अभियानसँगै वृद्धाश्रम, बालआश्रम र विभिन्न सामाजिक संस्थामा सहयोग गर्दै आउनु भएको छ। विपन्न, सीमान्तकृत र कम अवसर पाएका समुदायको उत्थान उहाँको निरन्तर प्राथमिकता रहँदै आएको छ।

राजनीतिक रूपमा विगत २० वर्षदेखि सक्रिय भण्डारी हाल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सार्वजनिक मामिला विभागको सचिवका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार/आकांक्षी रहँदै जनताको आवाज संसदसम्म पुऱ्याउने उद्देश्यसहित सक्रिय राजनीतिक यात्रामा हुनुहुन्छ।

जनताको पीडामा साथ दिने व्यवहारिक नेतृत्व, सेवा, पारदर्शिता र उत्तरदायित्वमा आधारित राजनीति उहाँको मुख्य प्रतिबद्धता हो। सामाजिक न्याय, अवसरको समानता र समावेशी विकासमा विश्वास गर्ने भण्डारी युवा, श्रमिक तथा उपेक्षित समुदायको आवाज बुलन्द गर्ने संकल्पका साथ अघि बढिरहनु भएको छ।

भण्डारीको मुख्य उद्देश्य जनमुखी, उत्तरदायी र पारदर्शी शासन प्रणाली स्थापना गर्नु, स्थानीय आवश्यकता अनुसार विकास र रोजगारी सिर्जना गर्नु, युवालाई उद्यमशीलता र अवसरसँग जोड्ने नीति अघि बढाउनु तथा समाजका सबै वर्गका लागि न्याय र सम्मान सुनिश्चित गर्ने राजनीति गर्नु रहेको ।

Exit mobile version