Site icon Tukinetwork.com

नागार्जुनमा ‘रगतको मूल्य’ केन्द्रित परिचर्चा तथा सुप्रभात काव्यगोष्ठी सम्पन्न

२०८२ पुस १९ शनिबार
काठमाडौँ । नागार्जुन वाङ्मय प्रतिष्ठानको आयोजनामा साहित्य साधक एवं कथाकार होमशंकर बास्ताेलाकाे कथासङ्ग्रह “रगतको मूल्य” माथि परिचर्चा तथा “सुप्रभात काव्यगोष्ठी” सम्पन्न भएको छ।

प्राध्यापक. डा. माधवप्रसाद पोखरेलकाे प्रमुख अतिथित्यता रहेकाे कार्यक्रमकाे अध्यक्षता प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले गर्नु भएको थियो । त्यस्तै, समालोचक एवं प्राज्ञ आर. एम. डंगोल विशिष्ट अतिथि रहनु भएको थियो । डंगाेलले रगतकाे मूल्य माथि परिचर्चा गर्नु भएको थियो । नागार्जुन काव्यगाेष्ठि स्रष्टा विशेषमा कवि निरुपम श्रेष्ठले आफ्ना आधा दर्जन कविता वाचन गर्नु भएको थियो ।

प्राध्यापक डाक्टर  पोखरेलले वाचित कवितामाथि समालोचना प्रस्तुत गर्दै ती कवितामा विद्यमान असमानताका विषय आएको र त्यसको समाधानका लागि मार्क्सवादी चिन्तनलाई सच्चचरित्रका साथ प्रयोग गर्नुपर्ने सन्देश पाइएको बताउनु भयो  । उहाँले बोलचालको भाषा सकिएपछि कविताको भाषा सुरु हुने भएकाले कवितामा सिधा अर्थ वा उपदेशात्मक शैली नअपनाउन सुझाव दिनु भएको थियो  ।

काव्य, आख्यान तथा साहित्यिक पत्रकारितामा सक्रिय बहुमुखी प्रतिभाका धनी बस्ताेलाकाे पुस्तक कथासङ्ग्रह “रगतको मूल्य” माथि विषयवस्तु, शिल्प, समसामयिक घटना, पात्र ,लेखन र त्यसकाे महत्त्वमाथि समालोचक डंगाेलले गहन चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा प्रगतिवादी कवि पूर्णविरामका दुईवटा कविता वाचन गरिएको थियो । उक्त वाचनमा कवि चन्द्र लाल तामाङ विजयी हुनु भयाे । तामाङले`आफ्नै ढुकुटीका प्रश्नहरु´ र कवि माेहन कुमार मैनालीले`आगाेले आगाे नै खसाल्दा` शिर्षककाे कविता वाचन गर्नु भएको थियो । प्रतियाेगिहरुलाई वाचन शैलिकाे आधारमा पुरस्कृत गरिएको थियो । कवि तथा पत्रकार प्रकाश सिलवालले पूर्ण विरामकाे कविता वाचन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा उपस्थित कविहरु बलराम विष्ट , केशब घिमिरे, संगि कालि , नवीन पल्लव , माेहन मैनाली , गंगा खतिवडा , दिनेश खरेल, रक्तिम लामा,लक्ष्मण अधिकारी , आल्फिन फाेहिन फाक्लुप्पा,चन्द्र लाल तामाङ ,जगत वाशिष्ठ, तिलक गाँउले ,लक्ष्मण देव पाण्डे ,सरस्वती काफ्ले ,अम्विका काफ्ले ,मिसन अधिकारी, शिवहरि पाण्डे ,युवराज नास्तिक , टि. पि. बराकाेटीले आफ्ना- आफ्ना रचना सुनाउनु भएको थियो । यस्तै कार्यक्रम बाल स्रष्टा प्रख्यात पाण्डेले गजल प्रस्तुत गर्नु भएको थियो ।

प्रतिष्ठानका महासचिव युवराज नास्तिकले संचालन गर्नु भएको कार्यक्रममा साहित्यप्रेमी, स्रष्टाहरुकाे बाक्लो उपस्थिति रहेको थियो ।

Exit mobile version