Site icon Tukinetwork.com

काभ्रेका स्थानीय तहले उठाए विकास र विपद् व्यवस्थापनका गम्भीर समस्या, बजेट कटौतीप्रति आक्राेश

२०८२ पुस १३ आइतबार
काभ्रेपलाञ्चोक । काभ्रेका १३ स्थानीय तहका जनप्रतिनिधि र बागमती प्रदेशका मुख्य मन्त्री बिच अन्तरक्रिया गरिएको छ। जिल्ला समन्वय समिति काभ्रेको समन्वयमा उक्त कार्यक्रम गरिएको हो ।  स्थानीयतहका प्रतिनिधीहरुले  सरोकारवालाले जिल्लामा लिफ्टिङ खानेपानी, विपद् व्यवस्थापन, सडक, पर्यटन र संस्थागत विकासका गम्भीर समस्या रहेको भन्दै प्रदेश  सरकारको ध्यानाकर्षण गराएका छन्।

जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार  गौतमले भूम्लु गाउँपालिकामा लिफ्टिङ खानेपानी समस्या गम्भीर बन्दै गएको बताउनु भयो । पाँचखाल नगरपालिकामा ‘सेज’ सञ्चालन गर्नुपरेको र महिला हरित उद्यानको काम भइरहेको उल्लेख गर्दै जेनजि आन्दोलन  बनेपाको ऐतिहासिक पहिचान कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले धुलिखेलमा पर्यटनको ठूलो सम्भावना रहे पनि त्यसको पर्याप्त उपयोग हुन नसकेको बताउनु भएको हो । पनौती र बेथानचोक विपद्–ग्रस्त क्षेत्र भए र  पालिकासम्म  पुग्ने बाटो नपुगेको गुनासो गर्नु भयो । प्रादेशिक कार्यालयले काम गरे पनि त्यो पर्याप्त नभएको र ‘जेन–जि आन्दोलन’का कारण बजेट कटौती हुँदा त्यसको प्रत्यक्ष असर परेको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी ,गोपालकुमार अधिकारीले नागरिकले खोजेका बेला सरकार भेट्न नसक्ने अवस्था अन्त्य हुनुपर्ने धारणा राख्नु भयो । उनले मौलिक हक आदर्शमै सीमित नराखी जनभावनाअनुसार कार्यान्वयन गर्न सुझाव दिए। संघ र प्रदेशबीच सहकार्य कमजोर देखिएको उल्लेख गर्दै जिल्लाले गर्ने सेवा प्रवाहलाई सहज बनाउन भूमिका खेल्नुपर्ने धारणा राख्नु भयो ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले विपद् व्यवस्थापनका लागि छुट्याइएको रकम नराेक्न आग्रह गर्नु भएको थियो । बनेपा नगरिालिकाका मेयर शान्तिरत्न शाक्यले विपद्का प्रकार फरक भए पनि काभ्रे उपत्यकाको खानेपानी तहसनहस भएको भन्दै त्यसको तत्काल सम्बोधन आवश्यक रहेको बताउनु भयो ।  खानिखाेला गाउँपालिका प्रमुख इन्द्र बहादुर थिङ( धिन्ताङ )ले प्रतिनिधिले स्थानीय तहको सशक्तीकरणसँगै प्रदेशको भूमिकाको आवश्यकता औंल्याउँदै खानिखोला क्षेत्र विकराल बनेको तर बजेट अभावमा बाटो नबनेको गुनासो गर्नु भयो ।
पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले युवालाई विदेश पलायन हुनबाट रोक्न एसियाकै पहिलो महिला हरित गृह निर्माणमा सहयोग गर्न माग गर्नु भयो । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छामान जिम्बाले जुन मन्त्री र सरकार आए पनि काम नहुने अवस्था देखिएपछि बोल्न मन नलाग्ने बताउनु भयो । साना कामसमेत हुन नसकेपछि यस्ता कार्यक्रमको औचित्य नरहने उनको भनाइ थियो।

धुलिखेल नगरपालिकाका उपमेयर निराजन जंगमले योजना अनुसार बजेट पर्याप्त नभएको भन्दै शीर्षक दोहोरिएर राखिए पनि बजेट नकाटिन आग्रह गर्नु भएको थियो । चौरीदेउराली गाउँपालिकाकी अध्यक्ष रेणुका चौलागाईंले पाँच वडा अझै सुख्खाग्रस्त रहेको र लिफ्टिङ पानी पुर्‍याउन नसकिएको बताउँदै  सुनकोशी लिफ्टिङ,खहरेघाट पुल निर्माण सम्पन्न गर्न र शहरी विकास मन्त्रालयबाट आएका विकास योजना अगाडि बढाउन माग गर्नु भएको थियो ।

मण्डनदेउपुर नगरपालिकाका मेयर  टोकबहादुर वाइवाले पालिका र संघीय सरकारबीच ५०/५० साझेदारीमा विकास योजना सञ्चालन हुनुपर्ने बताए। कार्यकर्ता र पार्टी निकटताको आधारमा गरिने विकासले समस्या सिर्जना गरेको र प्रदेश तथा संघबाट आएको बजेटको नियमन गर्ने निकाय नहुँदा अपारदर्शिता बढेको उहाँको भनाइ थियो।

कार्यालयको तर्फबाट प्रतिनिधिमूलक रूपमा अच्युतकुमार धितालले संघीय सरकारले पठाएका स्वास्थ्यकर्मी राखिए पनि प्रदेशद्वारा सञ्चालित स्वास्थ्य संस्थामा जनशक्ति अभाव रहेको र पदपूर्ति कसरी गर्ने भन्ने समस्या रहेको बताउनु भयो ।

Exit mobile version